Friday , October 20 2017
Breaking News

सालैजोमा नुवाकोटे नानीलाई ल्याए श्रेष्ठ र घले : भिडियो सहित

दिल कुमार श्रेष्ठ, दोहा प्रवास कतारमा बसेर कलाकारितामा संघर्ष गर्दै आएकी नानु घले सालैजो भाकाको एल्बम नुवाकोटे नानी लिएर आएकी छिन् l मितेरी फिल्म्स संस्कृतिक समूह दोहा कतारको सहयात्रा रहेको एल्बममा शब्द अनि संगीत प्रकाश सपुत रहेको छ

गाउँ घरमा चलन चल्तीमा हरेको रोधीघर घन्काउने सालैजो भाकामा रहेको नुवाकोटे नानी बोलको गीतलाई नानु घलेलाई राष्ट्रिय स्तरको अवार्डले सम्मानित गायक रित कुमार श्रेष्ठले साथ दिएका छन् l अडियोसंगै म्युजिक भिडियो समेत युटुवमा हेर्न सकिन्छ l चर्चित नृत्य निर्देशक शंकर बिसीको निर्देशन रहेको म्युजिक भिडियोको क्यामरामा म्यान राजेश घिमिरे हुन् l कृष्ण फिल्म्सको निर्माणमा बनेको मिठो लय संगीत र मन छुने भाकामा रहेको गीतमा प्रकाश सपुत, नानु घले, र सन्तोषी घलेको अभिनय रहेको छ l
नेपाली परम्परा र लोक सस्कृतिका पारखि कलाकारहरु देशमा मात्र नभएर विदेशमा समेत कमि छैन l यस्ता कलाकारहरुले कर्मभूमि कतारलाई बनाए पनि नेपाली गित संगीतलाई माया आफ्नो कलाको प्रस्तुत
गरेका छन् l अझै कतारलाई नेपाली कलाकारको उर्वर भूमिको भन्दा पनि फरक नपर्ने भएको छ l
कतारमा दिनानु दिन नयाँ कलाकारहरु जन्मने क्रम बढ्दो रहेकोले कला र संगीतसंग सम्बन्धित स्थापित संघसस्थाहरुले कलाकारिताको अवस्था बुझ्नु पर्ने भएको छ l
हेरौ भिडियो

Leave a Reply