Monday , August 21 2017
Breaking News

प्रधानमन्त्रि देउवाको कार्यकाल सफल हुँने ।

ज्योतिष बिज्ञानका अनुशार नेपाली कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवाको कार्यकाल सफल हुँने लगभग पक्का देखिन्छ । बिक्रम सम्बत २००० साल भाद्र २६ गते शनिबार बिहानको समयमा डडेल्धुरा जिल्लाको पश्य गर्खा क्षेत्रमा जन्मेका देउवाको जन्म कुण्डलि बिश्लेषण गर्दा अहिलेको समयमा उहाँ सफल हुँनुहुँनेछ ।

जन्म कुण्डलि बिश्लेषण गर्दा श्रवण नक्षत्र,द्धादशि तिथि तथा शनिबार जन्मेका देउवाको सिंह लग्न परेकोछ । सिंह लग्नको मानिसमा लिडरशिप क्षमता प्रशस्त हुन्छ भने कुशल प्रशासक,तथा हठि स्वभावको हुन्छ । ज्योतिष बिज्ञानलाई आधार मानेर कुण्डलि बिश्लेशण गर्दा लग्नमा सूर्य तथा शुक्रको युक्ति छ । लग्नेस सूर्य र कर्मेश शुक्रको लग्नमा यूक्ति हुँनुलाई गतिलो राजयोग मानिन्छ त्यसमा दशौ भावमा बसेर शुखेस र भाग्येस् मंगलले दृष्टि सम्बन्ध स्थापित गरेकोछ । जसलाई लघुपाराशरी सिद्धान्त अनुशार कर्मेश तथा भाग्यस्को सम्बन्धलाई उत्कृष्ट राजयोग मानिन्छ । दशौभावमा मंगल बसेर कुलदिपक राजयोगको निर्माण गरेकोछ जसले पटक पटक निर्बाचित गराई राज्यबाट पद प्रतिष्ठा प्राप्त गराउँदछ । कुण्डलिमा बाह्रो भावको मालिक छैटौ भावमा बसेर बिमल नामको बिपरित राजयोग बनाएको छ भने अष्टम भावको बृहस्पति बाह्रौ भावमा बसेर सरल नामको बिपरित राजयोगको निर्माण गरेकोछ । अर्कोतर्फ चन्द्रमा छैटोमा र बृहस्पति बाह्रो भावमा बसेर गजकेशरि योगको निर्माण गरेकोछ ।

पटक पटक प्रधानमन्त्रीको बागडोर समालि सकेका देउवाको कुण्डली र बिगतका दशा, अन्तरदशा तथा प्रत्यान्तर दशा बिश्लेशण गर्दा उहाको कार्यकाल उतार चडावमा नै बितेको देखिन्छ । २०५२ साल भाद्र २७ गते पहिलो पटक प्रधानमन्त्रि हुँदा देउवाको जन्म कुण्डलीमा शनिको महादशा,शनिकै अन्तरदशा र बृहस्पतीको प्रत्यान्तर दसा चलेको थियो । जहाँ सप्तमेष शनि एकादस भावमा बसेर कर्मेश शुक्र र लग्नेश सूर्यलाई दृष्टि दिई राजयोगको निर्माण गरेको छ । २०५३ फाल्गुन २९ गते प्रधानमन्त्रिको पद छाड्दा शनिको महादशा,बुधको अन्तर दशा र चन्द्रमाको प्रत्यान्तर दशा चलेको थियो जहा चन्द्रमा शत्रु घरमा केतु सँग बसेको हुँनाले उहाँले पद छोड्नु पर्यो ।

२०५८ साल साउँन ११ गते दोस्रो पल्ट प्रधानमन्त्री हुँदा शनिको महादशा, शुक्रको अन्तर दशा र बृहस्पतीको प्रत्यान्तर दशा चलेको थियो । जहाँ सप्तमेष शनि एकादश भावमा बसेर कर्मेश शुक्र र लग्नेश सूर्यलाई दृष्टि दिई राजयोगको निर्माण गरेकोछ । २०५९ साल असोज १८ गते राजा ज्ञानेन्द्रले असक्षम भनि प्रधानमन्त्रीको पद खोस्दा शनिको महादशा,शुक्रको अन्तर दशा र केतुको प्रत्यान्तर दशा चलेको थियो जहा केतु छैटौ (सत्रु) भावमा बसेको हुँनाले उँहाले पद छोड्नु पर्यो ।
२०६१ जेष्ठ २१ गते तेस्रो पल्ट प्रधानमन्त्रीको सपथ लिदै गर्दा शनिको महादशा, चन्द्रमाको अन्तर दशा र बृहस्पतिका प्रत्यान्तर दशा चल्दा देउवा पुनह छोटो समयका लागि प्रधानमन्त्री हुँनुभयो । जहाँ चन्द्रमा बाहौ भावमा बसेर बिमल नामको राजयोग तथा अष्टमेश बृहस्पती बाह्रौमा बसेर सरल नामको बिपरित राजयोग बनाएकोछ भने चन्द्रमा र बृहस्पतीको परस्पर दृष्टिले गजकेशरी योगको निर्माण गरेकोछ । २०६१ साल माघ १९ गते प्रधानमन्त्रिको पद खोसिदै गर्दा शनिको महादशा, चन्द्रमाको दशा र केतुको प्रत्यान्तर दशा चलेको थियो ।

पुनह २०७४ जेष्ठ २४ गते प्रधानमन्त्रीको पदमा सपथ लिदै गर्दा उहाको कुण्डली तथा दशा बिश्लेषण गर्दा बुधको महादशा,शुक्रको अन्तरदशा र बृहस्पतीको प्रत्यान्तर दशा चलिरहेकोछ । धनेस तथा लाभेस बुध धनस्थानमा उच्च तथा स्वगृह हुँनु, कर्मेस शुक्र लग्नमा लग्नेश सूर्यसँग सम्बन्ध गास्नु, सुखेस र भाग्येस मंगलले राज्यभावमा बसेर शुक्र तथा सूर्यलाई दृष्टि दिनु र पञ्चमेस बृहस्पति बाहौ भावमा उच्च भएको हुँनाले उहालाई छोटो समयको लागि पुनह प्रधानमन्त्रिको पद प्राप्त हुँन आएको हो । यसरि बिगतका दशा बिश्लेषण गर्दा कारक ग्रहको दशा तथा अन्तर दशामा जव बृहस्पतिको प्रत्यान्तर दशा आउँछ देउवालाई पद प्राप्त हुन्छ ।

२०७४ माघ भित्र ३ वटा निकाएको चुनाव सम्पन्न गर्नुपर्ने, बिपक्ष तथा अन्य राजनितिक दलहरुलाई मिलाउँदै लैजानुपर्ने, सम्बिधानको पुर्ण कार्यान्वयन गर्नुपर्ने जस्ता जटिल कार्यभार देउवाको थाप्लोमा भएपनि उहाँको तत्कालको दशा तथा अन्तरदशा बिश्लेषण गर्दा महादशा बुध,अन्तरदशा शुक्र र २०७४ माघ महिना भित्र शनि र बुधको प्रत्यान्तर दशा चल्नेछ । महदशा बुध धनेश तथा लाभेश भएर धन भावमा उच्च तथा स्वगृह भएर बसेको, शुक्र कर्मेश भएर लग्नेस सूर्यसँग लग्नमा बसेको र प्रत्यान्तर दशापनि अनुकुल भएकोले भावि दिनहरु सहज देखिन्छ । गतिरोध अन्त्यको लागि सत्तामा भएका सबै राजनितिक दलहरुले प्रयास गर्ने तथा सत्ता साझेदार हरुबाट भनेजस्तो सहयोग पाईने हुँनाले उँहाको कार्यकाल सफल रुपमा बित्नेछ ।

कुटनितिको क्षेत्रमा राहुले प्रमुख भुमिका निर्बाह गर्ने र बाह्रो भावमा कर्कको उच्च बृहस्पति राहुँसँग बसेकोले र बृहस्पतिले बिपरित राजयोगको निर्माण गरेकोले बिदेशिहरु सँगको सम्बन्ध सुदृड हुँने तथा छिमेकि राष्ट्रहरुको पुर्ण सहयोग हुँनेछ । छैटो भावमा चन्द्रमा सँग केतु बसेको र षष्टेश शनि एकादश भावमा बसेर लग्नेश सूर्यलाई दृष्टि दिएको हुँनाले उहाँलाई आफ्नै पार्टिभित्रका सहयोगिहरुले भने उँहाको साख गिराउँन लागि पर्नेछन् ।

बिगतका दशा तथा अन्तरदशा र अहिलेको दशा तथा अन्तरदशाको बिश्लेषण गर्दा उहाको कार्यकाल धेरै लामो हुँने देखिन्न । २०७४ साल माघ महिनाको अन्ततिर बुधको महादशा भित्र शुक्रको अन्तरमा केतुको प्रत्यान्तर आउँने हुँनाले बिगतमा जस्तै केतुको प्रत्यान्तरमा प्रधानमन्त्रीको पद छोड्नु पर्ने हुन्छ ।

ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न. ९८५११७८४५९

Leave a Reply