Wednesday , December 13 2017
Breaking News

मौसम भन्दा छिटो छिटो परिवर्तन भइ रहने हाम्रो सरकार संग सगै भुत पुर्व गोर्खां सैनिकहरुको चहल पहल काठमाण्डुमा

अर्चना शार्मा काठमाण्डु गोर्खा च्यानल
मौसम भन्दा छिटो छिटो परिवर्तन भइ रहने हाम्रो सरकार संग सगै भुत पुर्व गोर्खां सैनिकहरुको चहल पहल काठमाण्डुमा ।
गत २५ वर्ष देखि समान पेन्सन र समान अधिकारको लडाई लडदै आएका भुपु गोर्खाहरु नेपाल सरकारको परिवर्तन सगं सगै हाल भएका गतिविधि र बेलायत सरकारसगं भएका वार्ताका प्रगतिको बारेमा नव गठित सरकारका प्रधानमन्त्रि, परराष्ट्र मन्त्रि, सचिव लगायत नेपालमै बसोबास गर्ने भुत पुर्व गोखाहरुलाई जानकारी दिन सत्यग्रह संघर्ष समितिका संयोजक कष्ण राईको नेतृत्वमा टोलि काठमाण्डुमा सकृय छन ।
एकातिर नयाँ प्रधानमन्त्रिका लागि निर्वाचन भई रहेको थियो भने त्यसै निर्वाचन भई रहेको संविधान सभा भवन सगै जोडिएको रेष्टुरेण्टमा गोर्खालीहरुको छलफल चलिरहेको थियो । आगामि सरकारलाई दिन पर्ने जानकारी र गोर्खा सत्यग्रह संघर्ष समितिको रणनितिको बारेमा । यस छलफलमा अल पार्टि पार्लियामेन्टका अध्यक्ष नेपालि कांग्रेसका दिलमान पाख्रिन, एमालेका सांसदहरु तारा राई, यज्ञ राज सुनुवार, जयन्ति राई, ए माओवादीका सांसद केसरी घर्ति मगर, तुलसा राना, सांसद पुष्पलता लामा लगायत गोर्खा सत्यग्रह संयुक्त संघर्ष सतिमि केन्द्रिय संयोजक कृष्ण राई, समितिका नेपाल संयोजक एल बि घिसि, नेपाल प्रवक्ता क्याप्टेन हिमाल राई, अष्ट्रेलियाका प्रतिनिधि मान बहादृर लिम्बु, केन्द्रिय स–कोषाध्यक्ष तेज बहादुर पुन, केन्द्रिय सदस्य उदिन राई, गोर्खा च्यानलका संचारकर्मी राजेन्द्र भट्ट उपस्थित थिए ।
गोर्खालीहरुको हक अधिकारका लागी गठन भएको पहिलो संगठन गेसो । कहिले पनि अरु संगठनहरु संग सहकार्य नगर्ने परम्परालाई तोडदै । २५ वर्षको लामो निर वर्तमान अध्यक्ष पदम गुरुङ्गको पछि कृष्ण कुमार राईको नेतृत्वमा बनेको नया कार्य समितिको आगमन संग सगै सहकार्यको यात्रा शुरु गरेको गेसोका नव निर्वाचित अध्यक्ष कृष्ण कु्मार राई पनि सरकार परिवर्तन हुनु पुर्व नै विभिन्न पार्टिका अध्यक्ष, नेता लगायत प्रधानमन्त्रिलाई भेटि एकताको जानकारी दिई बेलायत फर्केका छन ।
त्यस्तै भुपु गोर्खा चन्द्र लक्सम्बा— उनीलाई भुपु गोर्खालीहरुका बारेमा ज्ञाता मानिन्छन् । उनी पनि नेपाल आएका थिए गोर्खालीहरुका बारेमा जानकारी दिन । यसै क्रममा हामीले गोर्खा सत्यग्रह संयुक्त संघर्ष समितिका संंयोजक कृष्ण राई संग जिज्ञासा राखेका थियौ— सधै अरु संगठनको विरोध गरि रहने संग सहकार्यको एकता कसरी सम्भव भयो । संयोजकले बताए— यदि नेतृत्व परिवर्तन नभई दिएको भए यो सम्भव थिएन । एकछत्र हिटलर पाराले शासन गरि रहेका गेसो पुर्व अध्यक्ष पदम गुरुङ्ग भुपु गोर्खाहरुले एकदिन सोध्नेछन् । त्यस्तै परे कालो मोसो दल्न पनि पछाडि नपर्लान् भन्ने बताए ।

Leave a Reply

%d bloggers like this: