Wednesday , October 18 2017
Breaking News

ओलीलाई प्रचण्डको जवाफ !! काम नगर्ने ओलीलाई के लाज ?

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई संसदबाटै सम्बोधन गर्दै जवाफ दिएका छन् । व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रचण्डले ओलीलाई लाज नहुने बताएका छन् ।

‘हुनत काम गर्नेलाई हुने हो लाज, काम नगर्नेलाई के को लाज हुन्छ र’ प्रचण्डले ओलीतर्फ प्रश्न तेस्र्याएका छन् । आफ्नो कार्यकालमा भएको काम पनि ओलीले आफुले नै गरेको भन्दै प्रचार गरेको दुःख लागेको प्रचण्डले बताएका छन् । ‘धारा ओलीले बनाएको भन्दै टुटि मात्रै प्रचण्डले खोलेको भन्नु ओली आफै गलत हुन्’ प्रचण्डले भने ।
त्यस्तै प्रचण्डले राष्ट्रको हितमा काम गर्न केहि त्याग गर्नुपर्ने बताएका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई लक्षित गर्दै देशको हितका लागि काम गर्ने हो भने त्याग गर्नपनि सिक्नुपर्ने बताएका हुन् । प्रचण्डले इमान भन्ने कुरा व्यवहारमा देखाउनुपर्छ भन्दै राजीनामा दिएको भन्दै एमालेलाई व्यङ्य गरेका छन् ।

त्यस्तै प्रचण्डले आफु प्रधानमन्त्री हुनेवेलाको सहमति अनुसार राजीनामा दिन हतार गरेको बताएका छन् । उनले भने ‘प्रतिपक्षी दलका नेताले यतिबेला नै किन राजीनामा दिने भन्ने प्रश्नमा म स्पष्टसँग भन्छु, कांग्रेससँग एउट सहमति थियो त्यहि अनुसार राजीनामा दिएँ ।’
‘चैत्रभित्र स्थानीय तहको निर्वाचन गर्ने र मैले राजीनामा दिने समझदारी थियो’ प्रचण्डले भने ‘चैत्रभित्र निर्वाचन नभएर वैशाखमा चुनाव भएपछि मेरो राजीनामा ढिलो आएको हो । चैत्रभित्रै निर्वाचन भएको भए मैले पहिले नै छाडिसकेको हुने थिएँ ।’

प्रचण्डले भने ‘संविधान जारी गर्दापनि मैले सरकारलाई जोड गरे मात्र संविधान बन्छ भन्ने ठानेँर प्रमुख प्रतिपक्षमा भएर पनि सघाएँ । मैले यो भन्दा ओली जी र देउवा जी पनि हुनुहुन्थ्योसँगै ।’

‘संविधान बनाउने, कांग्रेसले राष्ट्रपति लिने, एमालेले सरकारको नेतृत्व गर्ने प्रस्ताव राखेको थिएँ’ प्रचण्डले भने ‘मैले त्यतिबेला संविधान चाहियो पद होइन भनेको थिएँ ।’

‘तपाइहरूलार्इ कति बर्ष लाग्यो लोकतान्त्रीक हुन तर हामी छोटो समयमै लोकतान्त्रीकरण भयाैं ।’

Leave a Reply