Thursday , August 17 2017
Breaking News

कठिन परिस्थितिबाट छुटकारा पाउन यस्तो पुजा गर्न छोरा र छोरीलाई लिएर निस्किन् हिमानी !!

काठमाडौं । पूर्वयवुराज्ञी हिमानी शाह आज राजपरिवारको कुलदेवता गोरखकाली मन्दिर गोरखा जाने भएकी छिन् । हिमानी छोरा हृदयेन्द्र, छोरी पूर्णिका र कृतिकालाई लिएर पूजाका लागी जान लागेको बताइएको छ । मन्दिरमा हिमानीले रुद्राभिषेक पनि गर्ने तयारी गरेको बुझिएको छ ।

ज्योतिषशास्त्रअनुसार ‘भौम प्रदोष’ को समयमा रुद्राभिषेक गरिए गुमेको शक्ति प्राप्त हुन्छ, विपरीत र कठिन परिस्थितिबाट छुटकारा मिल्छ, पैतृक ऋणबाट पनि छुटकारा मिल्छ ।

जुन समय १२ वर्षमा १ पकट आउने र त्यसको उचित समयको उचित साईत पनि आज साँझका लागी निस्किएको बताइएको छ । करिब १ दशकदेखि हिमानी श्रीमान पारश शाहसँग विभिन्न कारणले असन्तुट रहेर छुट्टा छुट्दै बस्दै आएकी छन् ।

Leave a Reply