Sunday , October 22 2017
Breaking News

“पुलिसकी छोरी हुँ कसैले जे पायो त्यही भन्न आँट गर्दैनन्”

काठमाडौं ।
छोटो समयमै चर्चा कमाउन सफल मोडल अरुषी मगरले १ बर्षमा सय भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
नृत्य कला आफ्नो शक्ति भएको बताउँने उनी अभिनयका कारण दर्शक स्रोता राम्रो रेस्पोन्स आइरहेको बताउँछिन् । मिडिया एनपी टिभीसँगको कुराकानीमा उनले आफ्नो सफलतासँग खुसी भएपनि घमण्ड भने नभएको बताइन् ।
‘मेरो काम र सफलता देखि खुसी छु । तर घमण्ड भने छैन,’ उनले भनिन्, ‘अरुको चियो चर्चो पनि गर्दिन र डोमिनेट पनि । किनकी सबैले सकेको गर्ने हो ।’
बाबा, ममीको छोरी कलाकार बनोस् भन्ने चाहना र आफ्नो इच्छाको कारणले अभिनयमा लागेको उनको भनाई छ । ‘ममि, बाबाको पनि छोरी कलाकार बनोस भन्ने थियो र मेरो पनि कलाकारितामा सानै देखिको लगाव थियो ।’
नेपालगञ्बाट एकबर्ष अघि काठमाडौं आएकी उनले ६ कक्षा पढ्दा देखिनै नृत्य गर्ने गरेको सनाइन् । फेसबुकमा आफ्नो कामबारेका थुप्रै प्रतिक्रिया आउने गरेको उनले बताइन । आफुलाई आएका म्यासेजको सकेसम्म रिप्लाइ दिने गरेको उनको भनाई छ ।
‘फेसबुकमा समय भए अनुसार सबैलाई रिप्लाइ दिन्छु’ उनले भनिन्, ‘केटीहरुलाई प्रपोज त आइ हाल्छ नी । राम्री केटी दख्ने वित्तिकै प्रपोज आउँछ झन कलाकार भएपछि नआउने कुरै भएन । कलाकारलाई आइ मिस यू आइलभ यू भन्नु सामान्य कुरा हो ।’
उनले अहिलेसम्म कसैले पनिन नराम्रो भन्ने आँट भने नगरेको बताइन । ‘अहिलेसम्म कसैले पनि नराम्रो भन्ने आँट गरेको छैन । पुलिसको छोरी हुँ त्यसैले नराम्रो भन्ने आँट कसैसँग छैन ।’ – हाम्रोसंदेश बाट

Leave a Reply