Thursday , October 19 2017
Breaking News

भरतपुरमा जसरी पनि जिताउन रेणुलाई कांग्रेस-माओबादीले यस्तो उपाए रचे …

२१ जेठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी उमेद्बार एवं प्रधानमन्त्री प्रचण्ड पुत्री रेणु दाहाललाई जिताउन नयँ रणनीति बनाइएको छ ।

रणनीति अनुसार वडा नम्बर १९ मा पुनः मतदान हुँदा वडा अध्यक्षसहित सम्पूर्ण प्यानलमा माओवादी केन्द्रले नेपाली काँग्रेसका उमेद्बारलाई भोट हाल्ने भएका छन् । यस अघि मतगणना चलिरहँदा यो वडामा माओवादी र काँग्रेस आपसमा प्रतिष्पर्धी थिए ।

आज दुबै पार्टीको संयुक्त बैठकले माओवादी केन्द्रका वडा अध्यक्षदेखि सबै उमेद्बारले उमेद्बारी फिर्ता लिने र काँग्रेसका सबै उमेद्बारलाई भोट हाल्ने निर्णय गरेको छ । काँग्रेसका गढ मानिने वडाहरुमा रेणुले अपेक्षाकृत भोट नपाएपछि माओवदीले यस्तो निर्णय गरेको हो ।

काँग्रेसको गढ मानिने यो वडाबाट सबै भोट रेणुका पक्षमा पार्न माओवादीले यस्तो सहमति गरेको नेताहरुकाे भनाइ छ । दुई दलको संयुक्त बैठकले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयको स्वागत गर्दै मतदानको मिति तत्काल तोक्न माग गर्ने निर्णय पनि गरेको छ ।नेपालीहेडलाइन्स बाट लिईएको

Leave a Reply