Wednesday , December 13 2017
Breaking News

रेणुलाई देवीका छोराले ‘सडकमा नांगै हिड्’ भनेपछि सामाजिक सञ्जालमा चर्कियो आलोचना यसरी

चितनव । भरतपुर महानगरपालिकाको मतगणना स्थगित छ । वडा नम्बर १९ को मत गन्ने समयमा मतपत्र च्यातिएपछि विवाद सुरु भएको थियो।

नेकपा (एमाले ) र प्रहरीले माओवादी केन्द्र-काँग्रेस गठबन्धकी उम्मेदवार रेणु दाहालको प्रतिनिधिले च्यातेको अारोप लगाइरहेका छन् भने माओवादी केन्द्रले एमालेले च्यातेको दाबी गर्दै अाएको छ । मत पत्र जसले च्यातेपनि मत गणना भने स्थगित छ।

यसैबीच एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरब ज्ञवालीले सामाजिाक सञ्जालमाले लेखेको स्टाटस भइरल भएको छ। स्थानीय एक पत्रिकाले ‘मैले जित्न लागेपछि एमालेका साथीहरु अात्तिनु भो’ रेणु दाहालको भनाईलाई शिर्षकको बनाएर समाचार प्रकाशित गरेको छ।

‘थुइक्क नकचरी, नांगै हिड्नु सडकमा बारु’ स्टाटस लेखेर उक्त समाचार निरबले सेयर गरेका छन् । यही स्टाटसलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको चर्को अालोचना गरेका छन्।

यी हुन् रेणुलाई अश्लील शब्द प्रयोग गर्ने निरब

मत परिणाम जे सुकै भएपनि महिलालाई अश्लील शब्द प्रयोग गरिएको भन्दै निरबलाई सार्वजनिक रुपमा माफी माग्न समेत माग गरिएको छ। चारैतिर अालोचना हुन थालेपछि निरबले उक्त स्टाटस हटाएका छन् तर अालोचना भने रोकिएको छैन।

चुनावको परिणाम जे भएपनि अबेगमा नअाउन ज्ञवाली परिवारलाई सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले अाग्रह गरेका छन्। (नया पुस्ताबाट)

यस्तो छ निरबको स्टाटस

Leave a Reply

%d bloggers like this: