Monday , August 21 2017
Breaking News

मिलनको खबर ल्याउने मान्छे नभए पछि भिडियो सहित

महेश बोहरा
जेष्ठ १७ बुटवल : पछिल्लो समयमा प्रदेशीका दुःख,पीर र बेदना समेटिएका मार्मिक धेरै गीतहरु बजारमा आउका छन । यसैक्रममा शैली क्रियसनबाट आएको खबर कसले लान्छ र पनि एक हो । यस गीतमा चर्चित गायक रामचन्द्र चन्द र शान्ता परियारले स्वर भरेका छन् । शब्द प्रकाश रनपछाईको रहेको छ भने लय गायक रामचन्द्र चन्दले नै बनाएका हुन । यस गीतले धेरै प्रदेशिहरुको मन जित्न सफल भएको छ । यस्तै यो गीतको म्युजिक भिडियो समेत तयार पारिएको छ । उक्त म्युजिक भिडियोमा भने मिलन अर्याल र मिना कार्कीको अभिनय रहेको छ । गुल्मी जिल्लाको पश्चिमी क्षेत्र अजैमा हुर्केका मिलनले सानै उमेर देखी नै साहित्य क्षेत्रमा कलम चलाएका थिए । उनका हाल सम्म तिनवटा कृतिहरु बजारमा उपल्बध छन । “मुटुको घाउ” कविता संग्रह “आत्मा हत्या” निबन्ध संग्रह र माया प्रेम सम्बन्धी पुस्तक बजारमा आईसकेको उनले बताए । उनि अहिले भने सांगीतकि क्षेत्रमा प्रबेश गरेका छन ।
पछिल्लो समय नेपाली लोकदोहोरी गीतका म्युजिक भिडियोमा भएका बिकृतिलाई चिदै यस गीत “खबर कसले लान्छ” र भन्ने गीतको भिडियो बजारमा आएको छ । यस गीतमा बिषेश गरी प्रदेशीको पिडालाई भिडियोमा उतार्ने प्रयास गरिएको छ । हामीसंगको कुराकानीमा मोडल अर्यालले यो आफ्नो पहिलो प्रयास भएको र अझै निरन्तर काम गदै जाने बताए । उनले यस गीतलाई एक पटक हेरेर सल्लाह शुझाव दिन पनि आफ्ना दर्शकलाई अनुरोध गरेका छन । उनले आफुलाई यो स्थानसम्म ल्याने घर परिबार,साथीभाई आफ्न्तजनहरुलाई कृतज्ञता समेत प्रकट गरे ।
हेरौ उनले अभिनय गरेको यो म्युजिक भिडियो ।

Leave a Reply