Wednesday , October 18 2017
Breaking News

१५ वर्षीय किशोरीलाई बलात्कार : पत्रकार कोइराला पक्राउ

काठमाडौं (अन्नपूर्ण): यौन दुर्व्‍यवहारको आरोपमा पत्रकार केदार कोइराला पक्राउ परेका छन्। महानगरिय प्रहरी परिसर काठमाडौंको टोलीले कोइरालालाई शुक्रबार राती पक्राउ गरेको हो।
कोइरालाले आफ्नै घरमा काम गर्ने १५ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोप छ। पीडित किशोरीको किटानी जाहेरीका आधारमा कोइरालालाई पक्राउ गरिएको काठमाडौं परिसर प्रमुख एसएसपी छविलाल जोशीले जानकारी दिनुभयो।
एसएसपी जोशीले आइतबारसम्म पीडित किशोरीको मेडिकल रिपोर्ट आउने र त्यसपछि म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइने बताउनुभयो। कोइरालालाई आवश्यक अनुसन्धानका लागि बानेश्वर प्रहरी वृतमा राखिएको छ। पीडित किशोरीले अध्ययन गर्ने विद्यालयको पहलमा उजुरी दर्ता भएको बताईएको छ।
कोइरालको मोबाइल उठाउनु हुने उहाँकी श्रीमतीले फसाइएको बताउनुभयो । उहाँले भन्नुभयो ‘उहाँ त्यस्तो मान्छे होइन,यो फसाइएको हो ।’ उहाँका अनुसार बालसरोकार केन्द्र सिविनको उजुरीका आधारमा कोइरालालाई पक्राउ गरिएको हो । – अन्नपूर्ण बाट साभार गरिएको

Leave a Reply