Wednesday , December 13 2017
Breaking News

जितून् या हारून् म रेणु दाहालको पक्षमा छु ।

सरगम भट्टराई : फेसबुक स्टाटस
रेणु दाहाल बाबु प्रचण्डको हुकुमी प्रमाङ्गीबाट एकाएक राजनीतिमा आएकी हैनन् । हो, उनलाई चिन्नेहरुले प्रचण्डपुत्री भनेर चिन्लान तर उनले तल्लो एकाईबाटै राजनीति गरेर यहाँ सम्म आएकी हुन्, उनले चाहेको भए दवावले होस् या ढिपीले भएपनि कुनै देशमा राजदूत, मन्त्री अथवा कुनै उच्च राजनैतिक नियुक्ति पाउन सक्थिन् तर उनले कहिल्यै यसो गरिनन्। काठमांडौको ठेलमठेल जीवनमा उनी सामान्य भाडाको घरमा बस्छिन्, साधारण लवाई खवाई र साधारण दिनचर्या छ उनको । बाबु प्रचण्डको हालको जीवनशैली र भाइ प्रकाश दाहालको आचरणलाई लिएर आफ्नै बलबुताले र अरुको सद्भावले बाँचेकी, छोरा छोरी हुर्काएकी पढ़ाएकी नैतिकवान चेली रेणुको बारेमा चुनावी स्वार्थका लागि बिष वमन गरिरहनु प्रचण्डको बिरोध हैन, समग्र नेपाली नारीहरुको बिरोध गर्नु हो । आफ्नै दिदी बहिनीहरुलाई अघि बढ्न नदिने प्रपन्च हो। महिलावादको सिद्दान्तको बर्को ओढेर महिलाकै बलात्कार गर्नु हो ….क्रमश :

Leave a Reply

%d bloggers like this: