Friday , October 20 2017
Breaking News

”मैलै समाज परिवर्तन गरेको छु” हट एन सेक्सी ज्योती मगर यसरी भन्छिन्

मोटी, गोरी अनि हँसिलो अनुहार भएकी ज्योती मगरलाई नेपाली लोक दोहोरीमा भल्गारिटि भित्र्याउने गायिका भन्ने गरिन्छ । एक दशकदेखि लोकगीत संगीतमा सक्रिय उनले एक सय भन्दा धेरै लोक दोहोरी गीतमा आवाज दिईसकेकी छिन् । ज्योती राम्रो गायकी भन्दा पनि उत्श्रृङखलतालाई प्राथमिकता दिने गायिकामा पर्छिन् ।

रोल्पाबाट एक दशक अघि गायिका बन्नकै लागि काठमाण्डौ आएकी उनले काठमाण्डौ आएर दोहोरी साँझमा काम गर्न थालिन् । दोहोरी साँझमा आधा रातसम्म काम गरेको अनुभव उनीसँग छ ।

गायिका बन्नको लागि काठमाण्डौमा लामो समय संघर्ष गरेकी ज्योतिले राम्रो आवाजबाट भन्दा पनि फिगर शो गरेर चर्चा बटुलिन् । तर उनलाई आफूले गरेका संघर्षमा कसैले ध्यान नदिएको र फिगर शो गरेर मात्रै चर्चामा आई भन्ने गरेका कुराले दुखी बनाउँछ ।

गीत गाउन भन्दा पनि धेरै नाच्न थाल्नु भएछ ?

होईन गीत पनि गाईरहेको छु ।
त्यस्तो राम्रो ‘जिम्मल बाको छोरी’ गीत गाईरहेको मान्छे पछिल्लो समय त ज्योती मगरले हङगामा गरी पो भन्छन् त ? के हो ?

त्यो कुरा सबै त्यसै भएको हो । सबैले मलाई हंगामा गर्लकै रुपमा हेरेको भएर यस्तो भएको होला ।

अब साडी चोलीमा देख्न पाईन्न ज्योती मगरलाई ?
अब देख्न पाउनु हुन्छ । महिलाहरुको महानपर्व तीज आउदै छ नि ।
लोक गायिका भनेको, गुन्यौ चोली, साडी लगाउने आफ्नो संस्कृतिलाई संरक्षण गर्ने जस्तो लाग्छ मलाई तर तपाईले त्यो सोच, त्यो

मानसिकतालाई नै परिर्वतन गर्नुभयो नि ?

समाजको कुनै न कुनै कुरालाई एक व्यक्तिले परिवर्तन गर्नु नै पर्छ र त्यो जरुरी पनि छ । त्यो म आफै हो जस्तो लाग्छ । यसले केही नराम्रो भए पनि केही राम्रो नै भएको छ । धेरै जना गायिकाहरु अहिले आफूलाई सजिलो लाग्ने ड्रेसमा स्टेज कार्यक्रममा जानुहुन्छ । सारीनै बेर्नुपर्छ झन्झट छैन । अहिले मैले देखेको कुरा धेरै जना लोक गायिकाहरु जिन्स, स्कट, गाउन लगायर स्टेज कार्यक्रममा जानुहुन्छ ।

गायिकाले सारी कति बेला लगाउने हो ?

गायिकाहरुले स्टेज कार्यक्रममा आफ्नो प्रस्तुती देखाउँदा शर्मिला दिदी, बिमा कुमारी दुराले त स्कट लगाएर हुदैन । उहाँहरुले त दर्शकलाई आफ्नो सुरिलो आवाज सुनाउने हो । त्यो बेलामा साडी र चोलीमा सजिदा नै राम्रो देखिन्छ । तर हामी जस्ता कलाकारले हाऊभाऊ संगै गीत गाउदा सारी अलि असजीलो हुन्छ । डान्सको धेरै स्टेपहरु गर्न मिल्दैन । सारीसंगै अग्लो जुत्ता लगाउनु पर्यो भन्ने गाउन र नाच्न गाह्रो हुन्छ ।

साडी चोली बाहेक अरु लगाउनुको कारण यस्तो पो हो ?

मेरो सन्दर्भमा भन्नुहुन्छ भने सजिलोको लागि लगाएको हो । मलाई पाईन्ट पनि मन पर्छ तर मान्छे मोटी भएको कारण म पाईन्ट लगाउँदिन ।

मोटी भएकोमा पीर लाग्छ र ?

मोटो भएकोमा पीर त लाग्दैन । तर अलि पातलो भएको भए राम्री देखिन्थ्यो कि जस्तो चै लाग्छ । हाम्रो आमाहरुको पालामा जो मोटी छ उनै राम्री हुन्थे । तर अहिले त के÷के आयो के÷के । तर सुन्दरताको कुनै पनि क्राईट एरिया छ जस्तो लाग्दैन मलाई । सबै मान्छेमा आफ्नै तरिकाको सुन्दरता हुन्छ ।

अब विश्व सुन्दरीमा पनि हप्सीहरुले भाग लिईरहेका हुन्छन । हामीलाई उनीहरुको ओठनै मन परेको हुन्न तर ब्युटि लिप्स भनेर अवार्ड पाईरहेका हुन्छन् । त्यसैले सुन्दरता नाप्ने यन्त्र छ जस्तो लाग्दैन ।
तर मलाई म आफ्नो नजरमा आफै राम्री छु जस्तो भने लाग्दैन । नाक थेप्चो छ तर पनि मगर्नी हो ठिकै छ भनेर चित्त बुझाउँछु । मोटी, डल्ली छु र पनि खुशी छु । मिल्ने भए हाइट बढाउथे, दुब्लाउँथे आँखा अलि ठूलो बनाउँथे अनि नाक बनाउँथे ।

अनि त्यो हातमा के भएको होनि ?

तरकारी बनाउने बेलामा तेल उछिट्टीएर डामेको हो । मेरो ढंग छैन के ! लामो हाँसो । बाल्यकालदेखिनै बस्ने खाने हिड्ने कुनै पनि कुराको ढङग नभएकै कारण जिउभरी खतहरुछन् । आज भन्दा ७ वर्ष पहिला मलेसियामा स्टेज कार्यक्रममा जाँदा माईकको तारमा हिल जुत्ता अल्झेर लडेको थिएँ म । त्यसबखत म निकै लज्जित भएको थिएँ ।

कहिले काही तपाईको बारेमा अति भन्छन् पनि ?
मैले पनि सुनेको छु । भल्गर, छाडा भन्नुहुन्छ ।

त्यसो भन्दा कस्तो कस्तो लाग्छ ?

मलाई रमाईलो लाग्छ । किन भन्नु भएको हो भन्ने कु्रा पनि मलाई थाहा छ । हाम्रो समाजमा कहिले काहि आफूले गर्न नसकेको काम अरुले गरेको देखेर डाहा हुन्छ । अनि कसरी खोट लगाऊँ कसरी खुट्टा तानऊँ भन्ने हुन्छ । यस्तै सोच हुनेहरुले यस्तो भन्नु भएको हो ।

काठमाण्डौ कहिले आउनु भयो ?

वि.स २०६३ सालमा काठमाण्डौ आएको हो । सुरुमा दोहोरी साँझमा काम गरेँ । अनि असारमा एस.एल.सीको रिजल्ट आए पछि कलेज जोईन गरेँ ।

क्याम्पस पढ्न आउने सरले उता पढाउनी हाम्ले आँखा जुधाउनी भन्ने कुरा भयो कि भएन ?

त्यसैले त छाडेकोनी । (हाँसो) सुन्नुस् मेरो कथा अर्कै छ । यस्तो भयो त्यो बेलामा हामी किशोरावस्थामा थियौँ । विद्यालयमा, घरमा, परिवारको अधिनमा बसेर पढेको मान्छे क्याम्पसमा आए पछि त परिवारबाट पनि टाढा भईने । अनि सबै उस्तै उस्तै साथीहरु भएका कारण बिग्रिने मौका मिल्यो । बिग्रीने भन्दा पनि काठमाण्डौमा एक्लै पनि भएँ अनि पढाई भन्दा गीत संगीतमा ध्यान जान थाल्यो । त्यसै कारणले निरन्तर रुपमा पढ्न पाईन ।

पढाई छाडेर मलाई कुनै पनि पश्चाताप छैन । मैले सोचको काममा अगाडि बढ्न सकेको मा खुशी छु । म त्यती बेला संगीत क्षेत्रमा नलागेको भए चर्चामा आउदिन थिएँ होला । पढाई छाडेरै संगीतमा लागेका कारण यहाँ सम्म आईपुगेको छु ।
सुरुमा मेरो बसाई बल्खुमा थियो । दोहोरी साँझमा बिहानको २ बजेसम्म बस्नुपथ्र्याे । बिहान उठ्न गाह्रो हुन्थ्यो । तै पनि बिहान कलेज जाने, बेलुका दोहोरी साझँ जाने गरेँ तर त्यसलाई निरन्तरता दिन सकिन । अर्को वर्ष कलेज नजिकै कोठा खोजेर बढ्ने सोच बनाएँ । पछि त फेरि पढ्नै मन लागेन । काठमाण्डौमा घरबाट अड्कल गरेर पठाएको पैसाले पुग्दैनथ्यो । त्यहि भएर नै दोहोरी साँझमा काम गर्न सुरु गरेँ । दोहोरी साँझमा बेलुकाको ४ बजे पुग्ने । तयार हुँदा साढे ६ बज्ने अनि ७ बजेदेखि स्टेजमा गाउने क्रम सुरु हुन्थ्यो । साढे १२ त स्टेजमै बज्थ्यो । अनि गाडीको रुट हुन्थ्यो को—को कहाँ बस्ने सबैलाई छोड्दै जाँदा साढे २ बजे घरमा पुगिन्थ्यो ।

काठमाण्डौमा आएपछि आधारात सम्म पनि काम गर्नुभएछ है ?

काठमाण्डौमा बसेपछि हात मुख त जोड्नै पर्यो । सकेसम्म घरबाट पैसा माग्न नपरोस भन्ने मेरो सोचाई थियो । घरबाट अड्कल गरेर दिएको पैसाले पुग्दैन पनि थियो । स्कुल पढ्ने बेलामा पनि जहिले घरमा पैसा मागिरहनु पर्ने हुन्थ्यो । त्यसै कारणले पैसा कमाउने मेरो सोच थियो । मैलै आधा रातको कामलाई पनि सामान्य रुपमा लिए ।

अनि बाबा,आमाले छोरी काठमाण्डौमा एक्लै छ भन्नुहुन्छ की हुन्न ?

पहिला काठमाण्डौमा आउँदा आमाले धेरै पीर गर्नुहुन्थ्यो । अहिले पनि मलाई आमाको कुरा सुन्दा रुन मनलाग्छ ।
किन र ?

म पहिला काठमाण्डौमा एक्लै बस्दा बिरामी भएको थिएँ । त्यो बेलामा ख्याल गर्ने कोही पनि हुनुहुन्न थियो । अनि ग्याँसमा पानी तताएको उठ्न नसकेर पानी भाडामा सुकेर पनि भाँडै डढ्यो । यो कुरा आमालाई सुनाएको थिएँ । अनि मेरो आमाको काठमाण्डौको ठाँउमा एक्लै बस्छे । नराम्रो हुने होकी ! भन्ने कुराले कति वर्षसम्म पनि निन्द्रा नै लागेन । अनि अहिले यस्तो दिन पनि पार गरेको छु मैले भनेर रुन मन लाग्छ । पछि दिदी आउनु भयो । अनि दिदीको छोरा छोरी सबै यतै पढ्न थाले । बिगत ६ वर्ष यता म एक्लै छैन ।

ज्योती मगरको मलेसिया काण्ड एकताका निकै चर्चामा थियो नि ?

म कुनै पनि कार्यक्रममा जाँदा त्यो कार्यक्रम सफल हुन्छ भने मेरो लागि त्यो नै ठूलो कुरा हो । मैले दर्शकहरु पनि टन्नै आउनु भयो भने माग गरे जति पैसा पाउँछु । आयोजक पनि घाटा भएन भने खुशी हुनुहुन्छ । अरुले जे जे भनेपनि कार्यक्रम सफल हुनु नै मेरो लागि ठूलो कुरा हो ।

कलाकार भनेको राष्ट्रको गहना हो मर्यादा पालना गर्नुपर्छ नि ?

कलाकार मात्रै होईन एउटा राष्ट्रको प्रत्येक नागरिक मर्यादामा बस्न जरुरी छ । अरुलाई बारबार पीडा देऊ अनि आफू चाहि भित्र एउटा र बाहिर अर्काे व्यवहार देखाऊ भनेर कुनै पनि किताबमा लेखेको छैन र सिकाईदैन पनि । सबै नागरिकले अरुलाई असर नगर्ने गरि आफ्नो अधिकार प्रयोग गर भनिएको छ । त्यो कारणले मैले मेरो अधिकार भित्र पर्ने कुराहरु मात्रै गरेको छु । मेरो कुराले दोस्रो व्यक्तिलाई समस्या भएको छैन । मेरो कुरा काट्नेहरुलाई मात्रै समस्या भएको छ ।

कतिवटा गीत गाउनु भयो अहिले सम्म ?

अहिलेसम्म एक सय भन्दा धेरै लोक तथा दोहोरी गीतमा आवाज दिएकी छु । नाटक, सर्ट मुभि, मगर भाषाको चलचित्रमा पनि काग गरेको छु । बाल्यकालमा गाउँमा सडक नाटक पनि देखाईन्थ्यो । मैले पनि त्यसमा काम गरेको छु । म यहाँ सम्म कसरी आईपुगँे भन्ने कुरा भन्दा पनि सबैले छोटो लुगा लगाएको कुरा धेरै गर्नुहुन्छ ।

आफूलाई चिनाउनको लागि पनि छोटो लुगा लगाउनु भएको हो ?

चिनाउनको लागि भन्दा पनि सबैले मलाई छोटो लुगा लगाएपछि बल्ल ध्यान दिनुभयो ।

साभार forseenetwork.com

Leave a Reply