Monday , December 11 2017
Breaking News

दोस्रो चरण को चुनावमा कुन पार्टी निर्णायक ?

जेष्ठ ३१ गते हुने दोस्रो चरण को गाउँ पालिका /नगर पालिका चुनाव को तैयारी चरम उत्कर्ष मा छ | तराइ मधेश का बहुसंख्यक मतदाता लोकतन्त्र को महापर्व रुपी चुनाव मा भाग लिन आतुर छन् | दोस्रो चरण को चुनाव मा सहभागी हुन् मधेशी दल द्वारा प्रस्तावित गरिएको माग मध्ये स्थानीय तह थप्ने
माग का विषय मा सरकारले २३ वटा स्थानीय तह थप्ने निर्णय पश्चात तराइ मधेश मा चुनाव हुने वातावरण बनेको छ | नेपाल लोकतान्त्रिक पार्टी (गच्छेदार) र संघीय समाजवादी फोरम (उपेन्द्र यादव ) ले प्रथम चरण को चुनाव मा सहभागी भएर केहि गाउँपालिका र वडा मा विजय हासिल गरेर खाता खोलेका छन् र दोस्रो चरण को चुनाव मा भाग लिने स्पष्ट छ तर महन्थ ठाकुर ,राजेन्द्र महतो नेत्रत्व को राष्ट्रिय जनता पार्टी द्वारा माग प्रति लिएको अडान ले चुनाव न होला भन्ने सन्देह थियो तर सरकार द्वारा स्थानीय तह थप्ने निर्णय ले त्यो बाधा पनि हटेको छ | समग्र मा चुनाव हुने न हुने बारे भन्नु पर्दा यदि कुनै अघटन मात्र भए नत्र भने अब चाही दोस्रो चरण को चुनाव हुने मा लगभग सहमति बनि सकेको प्रतित हुन्छ |

प्रथम चरण को चुनाव मा एमाले अग्रपंक्ति मा देखिएता पनि एमाले को राजनैतिक भविश्य का लागि त्यो परिणाम सन्तोषप्रद होइन र त्यो एमाले ले पनि स्वीकार गरेको अवस्था छ | प्रथम चरण को चुनाव मा एमाले ले जति राम्रो परिणाम को आशा गरेको थियो त्यो परिणाम आएन | प्रथम चरण को चुनाव मा तेस्रो भएता पनि वास्तव मा लाभ को स्थिति मा माओवादी नै देखियो | दोस्रो चरण को नगरपालिका /गाउँ पालिका चुनाव परिणाम ले नेपाल का ठुला राजनैतिक पार्टी हरु को भाग्य को फैसला गर्नेछ | दोस्रो चरण को चुनाव किन महत्वपूर्ण छ भने दोस्रो चरण को चुनाव हुने भनिए को प्रदेश १ र ७ मा एमाले काँग्रेस बलियो स्थिती मा छ भने २ र ५ मा काँग्रेस ,एमाले ,माओवादी पार्टी बाहेक का राजनीतक दल नेपाल लोकतान्त्रिक फोरम ,संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी तराई,मधेश को भूभाग मा मजबूत स्थिति मा छन् |

दोस्रो चरण को चुनाव मा जातीय समीकरण को कुरा गर्दा पहाडी(छेत्री , बाहुन ,आदिवाशी ) ,मधेशी ,थारु ,मुसलमान ,दलित मतदाता निर्णायक हुने छन् र कुन पार्टी ले उल्लेखित मतदाता हरु लाई आफ्नो पक्ष मा ल्याउन र कति सम्म रिझाउन सक्ने हुन् त्यो हेर्न बाकी छ | दोस्रो चरण को चुनाव मा काँग्रेस एमाले माओवादी लाई चुनौती दिने नेपाल लोकतान्त्रिक फोरम ,संघीय समाजवादी पार्टी र राष्ट्रीय जनता पार्टी मध्ये नेपाल लोकतान्त्रिक फोरम को सांगठनिक बनावट छेत्री बाहुन आदिवाशी थारु मुसलमान दलित लाई सम्मानजनक स्थान मा स्थापित गरेको हुनाले र गच्छेदार स्वयम् पनि थारु आदिवाशी भएको हुनाले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी को अपेक्षा मजबूत स्थिती मा देखिएको छ |

दोस्रो चरण को चुनाव हुने भनिएको प्रदेश हरु को जनसंख्या तथ्यांक मा प्रथम मा पहाडी छेत्री बाहुन पर्दछन भने दोस्रो मा थारु लगाएत पहाडी आदिवाशी दोस्रो मा पर्दछन त्यस्तै तेस्रो चौथो पाँचौ मा क्रमसः मधेशी ,मुसलमान र दलित पर्दछन | दोस्रो चरण को नगरपालिका /गाउँ पालिका चुनाव मा जति सुकै विस्लेषण गरिएता पनि उल्लेखित चुनाव मा जातीय जनसंख्या र समीकरण ले महत्वपूर्ण खेल खेल्ने छ | अधिकांश जस्तो छेत्री बाहुन मत एमाले काँग्रेस र माओवादी बाडिने छन् भने अधिकांश थारु लगाएत का आदिवासी र केहि प्रतिशत मुसलमान ,दलित मत नेपाल लोकतान्त्रिक पार्टी (गच्छेदार ) मा जाने ,संघीय समाजवादी फोरम का अध्यक्ष उपेन्द्र यादव भएको हुनाले अधिकांश यादव मतदाता आकर्षित हुने छन् साथै केहि पहाडी आदिवाशी ,मुसलमान ,दलित मत पनि आकर्षित हुने छन् त्यस्तै गरि राष्टिय जनता पार्टी को पक्ष मा तराई मधेश का अधिकांश मधेशी सवर्ण , बनिया र केहि मुसलमान ,दलित यादव मतदाता को मत आकर्षित हुने छ |

विजय कुमार गच्छेदार ,उपेन्द्र यादव ,महन्थ ठाकुर लगाएत का नेताहरु मोर्चा बनाएर चुनाव लड्ने चर्चा सुनिए को छ | दोस्रो चरण को चुनाव अघि नेपाल लोकतान्त्रिक फोरम (गच्छेदार) संघीय समाजवादी फोरम (उपेन्द्र यादव )र राष्ट्रिय जनता पार्टी ले कार्यगत एकता, मोर्चा अथवा गठबन्धन बनाएर चुनाव मा सहभागी भए निसन्देह उल्लेखित पार्टी काँग्रेस, एमाले,माओवादी जस्तै नेपाल को राजनीति मा उदयमान शक्ति को रुप मा स्थापित हुने छन् र गाउँ पालिका /नगरपालिका चुनाव लगतै हुने प्रदेश तथा केन्द्र को चुनाव मा काँग्रेस एमाले माओवादी का लागि ठुलो चुनौती साबित हुने छन् |

यदि दोस्रो चरण को चुनाव मा नेपाल लोकतान्त्रिक फोरम ,संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी मा मोर्चा अथवा गठबन्धन न भएको अवस्था मा सांगठनिक संरचना र जातीय समीकरण अनुशार उल्लेखित तिन पार्टी मध्ये नेपाल लोकतान्त्रिक फोरम ले राम्रो प्रदर्शन गर्ने अनुमान गर्न सकिन्छ | यसोदा कुमारी लामा नेत्रत्व को दलित जनजाती पार्टी नेपाल ,शिवलाल थापा मगर नेत्रत्व को राष्ट्रिय जनमुक्ति पार्टी र गोपाल दहित नेत्रत्वको थरुहट तराइ पार्टी र विजय कुमार गच्छेदार नेत्रत्व को मधेशी जनाधिकार फोरम लोकतान्त्रिक को एकीकरण पश्चात नया नामकरण र नया संरचना सहित निर्माण भएको “नेपाल लोकतान्त्रिक फोरम” जातीय समिकरण अनुशार मजबूत बनेको छ | यसोदा कुमारी लामा २ नम्बर प्रदेश को भएको र २ नम्बर प्रदेश मा पर्सा देखि सप्तरी सम्म थारु आदिवासी पश्चात तामांग समुदाय को जनसंख्या बाहुल्य रहेको त्यस्तै गरि राष्ट्रिय जनमुक्ति पार्टी का शिवलाल थापा ५ नबर प्रदेश को भएको र नवलपरासी देखि बर्दिया सम्म मा थारु पश्चात मगर समुदाय जनसंख्या को बाहुल्यता रहेको आदिवाशी समुदाय रहेको र गोपाल दहित नेत्रत्व को पार्टी थरुहट तराई पार्टी को नवलपरासी देखि कैलाली कन्चनपुर् सम्म का थारु समुदाय मा राम्रो पहुच र प्रभाव भएको कारण ले गर्दा विजय गच्छेदार नेत्रत्व को “नेपाल लोकतान्त्रिक फोरम” दोस्रो चरण को चुनाव मा आफ्नो बल बुता मा तराई मधेश को ठुलो राजनतिक शक्ति बन्न सक्ने सम्भावना लाई नकार्न सकिन्न |

दोस्रो चरण को चुनाव मा काँग्रेस ,एमाले ,माओवादी ले तराई मधेस का थारु लगाएत का आदिवाशी मधेशी मुसलमान दलित र उपेक्षित वर्ग लाई लाई आफ्नो पक्ष मा मतदान गराउन कस्तो प्रकार को रणनीति र ब्यूह रचना गर्ने हुन् हेर्न बाकी छ | दोस्रो चरण को चुनाव विगत जस्तो त्यति सजिलो छैन मतदाता हरु कति सचेत एवं सजग छन् त्यो प्रथम चरण को चुनाव मा साबित भई सकेको छ मतदाता हरु एमाले कांग्रेस माओवादी लगाएत पार्टी हरु का वोट बैंक बन्नु भन्दा पनि असल र उपेक्षितको पक्ष मा मतदान गर्न उत्सुक छन् | अंतमा यति मात्र भन्न सकिन्छ दोस्रो चरण को चुनाव राष्ट्रिय पार्टी को पदवी भिरेका एमाले ,काँग्रेस, माओवादी का लागि फलाम को च्युरा साबित हुने वाला छ |

अमरदीप मोक्तान , डाडा खर्क ,
दोलखा

Leave a Reply

%d bloggers like this: