Monday , July 24 2017
Breaking News

लण्डनमा “पातली” सार्वजनिक एकचोटी हेर्ने पर्ने भिडियो

स्कटनेपाल युके १७ मे २०१७ : नेपाली सांगीतिक दुनियामा आप्mनो छुट्टै पहिचान बनाउन सफल ब्याण्ड हो ग्लूमी गाईज । सोही ब्याण्डका आकाशैमा चिल उड्यो, दार्जिलिङको रेलैमा, मायाको डोरी लगायत थुप्रै गीतहरु अझै पनि संगीतप्रेमी दर्शक स्रोताहरुको मानसपटलमा ताजै छ । दश बर्षपछि सोही ब्याण्डका गितारीष्ट एवं भोकलिष्ट सुजेश वैद्यले एकल रुपमा “हे मोरी” बोलको भिडियो सामाजिक संजाल युट्यूव मार्फत सार्वजनिक गरेका छन् । लामो समयदेखि बेलायतमा बस्दै आएका वैद्यले भिडियोको सम्पुर्ण छांयाकन पनि बेलायतमै गरेका छन् । लोकेसनले गर्दा दर्शकका लागि नयाँ टेष्ट हुनुको साथै विदेशबाट नेपालमा भिडियो बनाउन सहकार्य गर्न झनझटिलो हुनाले बेलायतमै राम्रो टिम पाएकोले साथै नेपालमा निर्माण हुने पैसाले यतै भिडियो निर्माण हुने भएकोले त्यसलाई अवसर सम्झेर यो भिडियो बेलायतमै निर्माण गरेको हुँ साथै भिडियो आफुले सोचेको भन्दा राम्रो बनेको उन्ले बताए ।

भिडियोमा एलिशा वैद्य र टंक धमलाको अभिनय रहेको छ साथै अर्जुन पान्डे र आशिष श्रेष्ठ अतिथि कलाकारमा देखिएका छन् । ड्रेस अन्जली केसी , मेकअप दिपिका श्रेष्ठ र सह–छायांकन रुपक प्रजापतीको रहेको छ । भिडियो निर्माणमा बेलायतमा नेपालीद्वारा संचालित भोरी ट्रान्सपोर्टले पनि सहयोग गरेको छ ।

भिडियोलाई संचारकर्मी कुशल श्रेष्ठले छायांकन, सम्पादन एवं निर्देशन गरेका हुन् । श्रेष्ठ बेलायती नेपाली समुदायमा स्थापित नाम हो । उनको कामले गर्दा म्युजिक भिडियो निर्माण लगायत मिडिया सम्बन्धी काम गर्नलाई बेलायतबासी नेपाली समुदायलाई निकै सजिलो भएको छ ।

Leave a Reply