Thursday , August 24 2017
Breaking News

‘आमा तिमी कहाँ छौ’ भन्दै आमाको मायाको खोजीमा लागे गायक किशोर शिवाकोटी (भिडियो)

काठमाडौँ । ‘गुराँस फुल्यो बनै भरी, गुडी जाने रेल लगायतका चर्चित गीतका गायक हुन् किशोर सिवाकोटी । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय भएर लागेका शिवाकोटीले हालै ‘आमा तिमी कहाँ छौ’ बोलको गीतको भिडियो बजारमा ल्याएका छन् । आफ्नी आमाको संझनामा उनले लेखेको गीतमा उनकै संगीत तथा स्वर रहेको छ ।

केही समय अगाडि बजारमा ल्याएको ‘ट्रिब्यूट’ एल्बममा समावेश गीतले श्रोता र दर्शकको मन छुने विश्वास गायक सिवाकोटीको छ । किरण चाम्लिङ्गले निर्देशन गरेको भिडियोमा सरिता गिरी, सागर थापा र आरोग्य गिरीको अभिनय छ । नविनबाबु गुरुङले खिचेको भिडियोलाई प्रविण श्रेष्ठले खिचेका हुन् ।

Leave a Reply