Tuesday , August 22 2017
Breaking News

अमेरिकामा नेपाली मूलका यूवा “पिडलरएम” को नेपाली हिपहप गीतको चर्चा परिचर्चा

विजय थापा,वाशिंगटन डीसी

नेपालको पाटनमा जन्मेका यूवा पिडलरएम को भर्खरै निक्लिएको नेपाली हिपहपको चर्चा परिचर्चा पाएको छ l २७ बर्षिय नेपाली हिपहप गायक सन् २००६ देखि अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाएका छन् l

सन् २०१० देखि लगातार उनि संगीत सम्बन्धि अध्ययन गर्दै संगीतको दुनियामा होमिएका छन् l उनि नेपाली संस्कृति ,भाषा तथा आफ्नो प्रतिभालाई विश्वलाई चिनाउन सगीतमा लागेको उनले बताए l

उनले गत अप्रिल मा उनको पहिलो एल्बम (गीति संग्रह ) रेजिलिएन्ट सार्बजनिक गरेका छन l उनको यो पहिलो एकल गीत मर्सि टिज को भिडियो (श्रब्य दृश्य )ले हंगामा गरेको छ l शब्द उनकै रहेको छ l गीतको निर्देशन बहु प्रतिभाशाली आरजेसी ले गरेका हुन् l छायांकन अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट रहेको छ l

गीटमा संगीत प्ला टि नम सेलर्स ले दिएका छन् संगीत व्यवस्थापन रोबर्ट ब्राउन ले गरेका हुन् l “पिडलरएम” विभिन्न सांगीतिक कार्यक्रममा व्यस्त छन्

Leave a Reply