Sunday , October 22 2017
Breaking News

अञ्जु पन्तको गीतमा पुष्पल र एलिसाको यस्तो छमछमी रोमान्स भिडियो

स्कटनेपाल, १४ मे २०१७ : काठमाडौँ । गायक शिव भुषालको ‘किन तानेको मेरो पछ्यौरी मखमली’ बोलको गीत ससार्वजनिक भएको छ । छेडखानी गर्ने रोमान्टिक यो गीतमा चर्चित मोडल एलिसा राई र मोडल पुष्पल खड्काको अभिनय रहेको छ । एलिसा र पुष्पलले भिन्न शैलीमा ग्रामिण परिवेशमा पुगेको अभिनय गरेको गीतमा चर्चित गायिका अञ्जु पन्तले गायक भुषाललाई स्वरमा साथ दिएकी छिन् ।

गीतकार तथा गजलकार नृपेश उप्रेतीका शब्द शृजनामा पछिल्लो समयका ब्यस्त अनि चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत भरेको गीतलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् । गीतमा सुनील क्षेत्रीको कोरियोग्राफी रहेको छ । जसमा अर्जुन तिवारीको छायांकन तथा भरत रेग्मीको सम्पादन रहेको छ ।

Leave a Reply