Saturday , December 16 2017
Breaking News

पृथ्वीको आयु एकदमै छोटो भएको चर्चित बैज्ञानिकको चेतावनी

जलवायु परिवर्तन, बढ्दो जनसंख्या र उल्का पिण्डको ठक्करबाट उत्पन्न हुने परिस्थितिका कारण सय वर्षपछि पृथ्वीमा मानव जीवनका लागि ठूलो खतरा हुने विश्व प्रख्यात भौतिक शास्त्री स्टीफन हकिङ्गले चेतावनी दिएका हुन् ।

 

बीबीसीको डकुमेन्ट्री ‘एक्सपेडिसन न्यू अर्थ’ मा भौतिक शास्त्री हकिङ्ग र उनका विद्यार्थी क्रिस्टोफ गलफर्डले यस्तो चेतावनी दिएका हुन् । उनीहरु पृथ्वी बाहिर मानव जीवनको सम्भावनाका लागि समेत अन्य ग्रहकोबारे अनुसन्धान गरिरहेका छन् ।

सोही डकुमेन्ट्रीमा उनीहरुले भनेका छन्, ‘मानव जातिलाई बाँच्नु छ भने अन्य कुनै ग्रहमा जीवनको सम्भावना खोज्नु पर्दछ ।’७५ वर्षीय हकिङ्ग मोटर न्यूरोन नामक रोगको शिकार भएका छन् । सोही रोगका कारण उनी बोल्न सक्दैनन् भने उनको शरीर पनि अशक्त छ । तर इन्टेलद्वारा निर्माण गरिएको विशेष मेसिनको सहायतामा उनले आफ्ना कुरा र आविष्कार विश्वसामू ल्याउने गरेका छन् । (एजेन्सी)

प्रकाशित मिति :बैशाख २१ बिहिबार-२०७४

Leave a Reply

%d bloggers like this: