Sunday , October 22 2017
Breaking News

प्रदेशको सिमाना तलमाथि होला तर देशको सिमाना तलमाथि हुन दिँदैनौं : गगनको गर्जन

देशको स्वाभिमानको ठेक्का लिने नक्कली ठेकेदारको बारेमा कांग्रेस प्रष्ट छ , हाम्रा प्रयास र प्रयत्नहरु देशलाई जोड्नका लागि हो |

संविधान संशोधन गर्न नदिने एमालेको अडानले नेपाली जनताको अपमान भएको कांग्रेसका नेताहरुले बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान स्थानीय तह निर्वाचनमा कांग्रेसको तयारीबारे जानकारी दिन भन्दै पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । तर, कार्यक्रममा कांग्रेस नेताहरु चुनावको तयारीबारे जानकारी दिनुभन्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेविरुद्ध खनिए ।

थापाले भने, ‘यसरी प्रचार गरिएको छ मानौं हामीलाई देशको अखण्डताको बारेमा चिन्ता छैन, मानौं हामीलाई राष्ट्रिय एकताबारे चिन्ता छैन, मानौं देशको सार्वभौमिकताकाबारे चिन्ता छैन, देशको स्वाभिमानको बारेमा चिन्ता छैन । देशको स्वाभिमानको ठेक्का लिने नक्कली ठेकेदारको बारेमा कांग्रेस प्रष्ट छ । त्यसकारण हामी आम जनतालाई प्रष्ट पार्न चाहान्छौं, हाम्रा प्रयास र प्रयत्नहरु देशलाई जोड्नका लागि हुन् । हामी भनिरहेका छौं प्रदेशको सिमाना तलमाथि होला तर देशको सिमाना तलमाथि हुन दिँदैनौं ।’

उनले अघि भने, ‘प्रदेश यस्तो हुनुहुँदैन भनेर राख्दैराख्दा के हेक्का राखिएको छैन भने प्रदेश यस्तो हुनुपर्छ देश जस्तो भए पनि होस् । हामी भनिरहेका छौं देश यस्तो हुनुपर्छ, प्रदेश जस्तो भए पनि होस् । यो दुईवटा कुरामध्ये कुन कुरा जनताको पक्षमा छ, कुन कुरा राष्ट्रको पक्षमा छ त्यो छुट्याउने विवेक नेपाली जनताले प्रयोग गर्छन् भन्ने कुरामा नेपाली कांग्रेस प्रष्ट छ ।’

Leave a Reply