Wednesday , October 18 2017
Breaking News

सुशीलालाई जसले न्यायाधीश बनायो, उसैले गलहत्यायो/ यसरी भएको रहेछ- षड्यन्त्र !

प्रधानमन्त्री कार्यालयमा पुगेको गोप्य सूचनाअनुसार बैशाख २४ गते कार्यकाल सकिनै लागेको अवस्थामा सुशीला कार्कीले बैशाख १९ गते नवराज सिलवाललाई पूरै कार्यकाल आइजीपी बनाउने आदेशसहितको निर्णय सुनाएर फुली लगाइदिएर विदामा बस्ने तयारी गरेकी थिइन् ।

प्रधानमन्त्री निकट स्रोतले अनलाइनखबरसँग भन्यो-‘कार्यपालिकामाथिको यस्तो हस्तक्षेप कुनै पनि हालतमा सैह्य हुँदैन । कार्यपालिकाले गरेको निर्णय उल्टाउने र एउटा व्यक्तिको पक्षमा हात धोएर लाग्ने काम गरेकाले सुशीलामाथि महाअभियोग लगाउनुपरेको हो ।’

स्रोत अगाडि भन्छ- ‘जयबहादुरलाई आइजीपी नबनाउ भनियो, हामीले बनाएनौं । कार्यसम्पादनका आधारमा बनाऊ, भनियो, हामीले त्यसै गर्‍यौं । यसवीचमा सिलवालले कीर्ते गरेको छानविनबाट पुष्टि भयो, उनलाई सुशीला कार्कीले नपक्र, छानविन नगर भनिन् । त्यसपछि अझै अगाडि बढेर उनी आफैं फुली लगाइदिन लागि परिन् ।

Leave a Reply