Monday , December 11 2017
Breaking News

राहुलले बनाए “आमा”को उत्कृष्ट भिडियो ,सबैबाट तारीफ (भिडियो सहित)

काठमाडौं । गायक शेखर च्याङ लामाको आमाको महिमा झल्कने “आमा” बोलकोे गीत सार्वजनिक भएको छ । आफ्नै शब्द सगीतमा रहको गायक लामाको गीतको भिडियो निकै मर्मस्पर्शी लाग्दछ , जसलाई निर्देशन गरेका छन्, बरिष्ठ संगीतकार एवम् म्यजिक एरन्जर राहुल प्रधानले । भिडियोमा रिचा शर्माले आमा, रोशन लामा र अनुभव रेग्मीले छोराकोे चरित्र निकै उत्कृष्ट ढंगमा निभाएका छन । श्रीमानले कान्छि श्रीमती भित्राएपछि घर छाडेकी रिचाले छोरा अनुभवलाई डाक्टर बनाउन देखेकोे सपना पुरा गर्न भोग्नुपरेको यथार्थतालाई भिडियोमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । सांगीतिक क्षेत्रका सफल ब्यक्तीत्व राहुल प्रधानको निर्देशन प्रशंसनिय छ । छोरा डाक्टर बनेकोे खबर सुनेपछि प्राण त्यागेकी आमा रिचा र रोशनबिचको क्लाइमेक्स सिनले जो कोहीलाई पनि भावुक बनाउछ । भिडियोमा श्रीमानको भूमिकामा सुरज र कान्छि श्रीमतीको भुमिकालाई सोफियाले निभाएकी छिन । भिडियोका निर्देशक प्रधानले गीतको भावले मन छोएकाले आफुले भिडियोको निर्देशन गर्ने निर्णय लिएको बताए । सबै कलाकारले उत्कृष्ठ अभिनय गरेकोमा धन्यवाद दिदै उनले गीतले सबैको मन जित्ने बिश्वास समेत ब्यक्त गरे । भिडियोलाई निसान घिमिरेले सम्पान गरेका छन भने ज्ञानेन्द्र शर्मा र निश्चल भण्डारीले खिचेका छन । यस बर्षको आमाको मुख हेर्ने दिनलाई स्मरण गरेर भिडियो सार्वजनीक गरिएको हो । भिडियो सार्वजनीक गरेको एक दिनमै यस्ले राम्रो दर्शक अनी प्रतिकृया पार्इरहेको छ । -newsbanknepal.com

Leave a Reply

%d bloggers like this: