Sunday , October 22 2017
Breaking News

चुनाबपछि एमाले पहिलो पार्टी बन्छ : योगेश भट्टराई

नेकपा एमालेका सचिब योगेश भट्टराईले हिन्दि भाषा कुनैपनी नेपालीहरुको मातृभाषा नभएको बताउँनु भएको छ।एक टेलिभिजनमा अन्तरबार्ता दिदै उनले मैथली,थारु,भोजपुरी,लिम्बु,तामांग र नेवारी भाषा सरकारी कामकाजको भाषा हुनसक्ने तर कुनै पनि हालतमा हिन्दि भाषा सरकारी कामकाजको भाषा हुन नसक्ने जिकिर गर्नुभयो।

अंगिकृत नागरिकहरु लाई बंशज नागरिक सरहको अधिकार दिने गरि र स्थानीय तहहरुलाई पंगु बनाउँने गरेर ल्याइको संशोधन प्रस्ताबको बिरुद्द यदि सच्चा रास्ट्रबादि हुन् भने सरकारमा सामेल कमल थापाको पार्टि राप्रपाले समेत भोट नहाल्ने बताउँनुभयो।

साथैँ उनले निर्बाचन पछि प्रदेश नम्बर २ मा एमाले पहिलो पार्टि बन्ने दाबी गर्नुभयो।उनले कांग्रेस पार्टी सँग चुनाबमा कुनैपनि हालतमा मोर्चाबन्दी हुन नसक्ने बताउदै बरु मधेशी मोर्चा संग चुनाबी तालमेल हुनसक्ने कुरा बताउनुभयो।

प्रकाशित मिति :बैशाख १४ बिहिबार-२०७४

Leave a Reply