Wednesday , December 13 2017
Breaking News

योगा थेरापिस्ट पन्तले मे २ मा बर्मिगहममा प्रशिक्षण दिने

लण्डन । बेलायतको भ्रमणमा रहेका योगा थेरापिस्ट पुस्करराज पन्तले बर्मिगहममा दोस्रोपटक योगा प्रशिक्षण दिने भएका छन् ।

शान्ति नेपाली समाज बेलायतको आयोजनामा आउँदो मे महिनाको २ तारिख मंगलबार सो प्रशिक्षण सञ्चालन हुनेछ । बिहान १० देखि १ बजेसम्म स्थानीय राय फंक्सन हलमा पन्तले योगा प्रशिक्षण गराउनेछन् । यसअघि अप्रिल २५ तारिखमा समेत पन्तले बर्मिगहममै प्रशिक्षण दिएका थिए ।

बक्सिंगका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका योगा थेरापिस्ट पन्त योगा प्रशिक्षक तथा स्पोर्टस् ट्रेनरका रुपमा अन्तर्राष्ट्रिय लेभलमै काम गर्दै आएका छन् ।

एर्बिडन विश्वविद्यालय र अर्गानाइजेसन अफ नेप्लिज कल्चर एण्ड वेलफेयरको निमन्त्रणामा केहि साता पहिले बेलायत आएका पन्तले सयौं जनालाई प्रशिक्षण गराइसकेका छन्  ।

एबर्डिन विश्वविद्यालयमै तीन दिने कार्यशाला सञ्चालन गरेका प्रशिक्षक पन्तले स्कटलयाण्डका एडिनबरा, ग्लास्गोसहित बर्मिगहममा समेत नेपालीहरुमाझ योगा प्रशिक्षण शिविर चलाइसकेका छन् ।
यसबीचमा उनी जर्मनीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा समेत पुगेर योगासम्बन्धी प्रवचन दिएका थिए ।

दुई सातापछि नेपाल फर्किनुअघि पन्तले बेलायतका विभिन्न ठाउंमा प्रशिक्षण कक्षा सञ्चालन गर्नेछन् । अप्रिल २९ तारिखमा साउथ लण्डनमा तथा मे ६ तारिखमा लण्डनको नर्थहोल्टमा र ७ र ८ मा एडिनबरामा पन्तले योगा प्रशिक्षण गराउनेछन् । एडिनबरामा यसअघि २ पटक कक्षा चलाइसकेका उनले स्थानीयहरुबाट माग भएका कारण तेस्रोपटक पनि प्रशिक्षण कक्षा दिन लागेका हुन् ।

मे ९ तारिखमा पन्तले स्कटल्याण्डको स्टर्लिंगस्थित एक सरकारी विद्यालयमा योगा प्रशिक्षण गराउने तयारी छ । मे १० मा प्रशिक्षक पन्त नेपाल फर्किनेछन् ।  – नेपालीपत्रको सहयोगमा 

Leave a Reply

%d bloggers like this: