Monday , January 22 2018
Breaking News

चर्चित बलिउड अभिनेता बिनोद खन्नाको निधन

बलिउडका चर्चित अभिनेता बिनोद खन्नाको ७० बर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय ब्लड क्यान्सरका कारण थलिएका खन्नाको मुम्बईको एचएन रिलायन्स फउण्डेशन एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् १९६८ मा ‘मन का मीत’ फिल्मबाट आफ्नो फिल्मी क्यारियर शुरु गरेका थिए। जुन फिल्ममा उनले खलनायकको भुमिका निभाएका थिए। उनी बलिउडका ठुला सेलिब्रेटि हुन्।

उनको जन्म ६ अक्टोबर १९४६ मा पाकिस्तानको पेशावरमा भएको थियो। भारतबाट पाकिस्तान स्वतन्त्र भएपछि उनको परिवार मुम्बई आएर बसेका थिए।

१४० भन्दा धेरै फिल्ममा अभिनय गरेका बिनोद खन्ना बाल्यकालमा एकदमै लजालु स्वभाबका थिए, स्कुलका शिक्षकले बिनोद खन्नालाई जबर्जस्ती नाटकमा भाग लिन लगाएका थिए।

सुपरस्टार राजेश खन्नाका मनपर्ने अभिनेता थिए बिनोद खन्ना। उनका छोराहरु अक्षय र राहुल खन्ना बलिउडमै छन्।

प्रकाशित मिति :बैशाख १४ बिहिबार-२०७४

Leave a Reply

%d bloggers like this: