Tuesday , September 26 2017
Breaking News

मलाई दिएको अवार्ड फिर्ता लिए हुन्छ चाहिदैन : अक्षय कुमार

फिल्म ‘रुस्तम’ को लागी नेशनल अवार्ड पाएका बलिउड अभिनेता अक्षय कुमारले मुम्बईमा आयोजित एक प्रेस कन्फ्रेन्समा भने-‘मैले पाएको अवार्ड फिर्ता लिनुछ भने लिए हुन्छ।’

अक्षय कुमारलाई नेशनल अवार्ड दिइएपछि बिबाद भएको थियो। धेरैले अवार्डको असली हकदार अक्षय कुमार नभएको प्रतिक्रिया दिएका थिए।

सामाजिक सन्जालमा समेत यस बारेमा खुलेरै बिरोध भएको थियो। कतिले अक्षय कुमार सत्ताधारी भाजपा सँग नजिक भएको कारण यो अवार्ड पाएको प्रतिक्रिया दिएका थिए।

धेरै बिरोध भएपछि पहिलोपटक अक्षय कुमारले मुख खोल्दै भने-‘२५ बर्षदेखि म हेरिरहेको छु,जब कसैले अवार्ड पाउँछ तब केहि न केहि बिबाद शुरु भइहाल्छ। मलाई २६ बर्षपछि जब नेशनल अवार्ड मिल्यो त्यसमा पनि बिरोध शुरु गरियो। कसैलाई मन लाग्छ भने फिर्ता लिए हुन्छ।’

अक्षय कुमारले भने-‘मैले फिल्मी क्यारियरको शुरुवात देखिनै एक्शन फिल्ममा काम गरे। पहिलो दश बर्ष एक्शन फिल्ममा काम गरे । जुन फिल्ममा एक्टिगंको जरुरत हुन्थ्यो,त्यसमा मलाई लिइन्थेन। आज म जुन स्थानमा छु त्यो स्थानमा मलाई एक्शनले नै पुरायो।’

प्रकाशित मिति :बैशाख १३ बुधबार-२०७४

Leave a Reply