Friday , October 20 2017
Breaking News

सिके राउत भन्दा केपी ओली देशको लागि धेरै खतरनाक : गगन थापा ( भिडियो )

अध्याँरो कोठामा गएर भारतसँग छोराछोरीका लागि छात्रवृद्धि माग्ने अनि मन्चमा आएर नेपालको रास्ट्रियता खतरामा छ भन्दै भारतलाई गालि गर्ने एमाले प्रबृति
काठमाण्डौंको एक सभालाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री गगन थापा एमाले र केपी ओली प्रति आक्रामक रुपमा भाषण गरे ।आफ्नो भाषणमा अधिंकाश समय एमाले प्रति आक्रोशित गगन थापाले राप्रपा लाई लक्षित गर्दै मन्दिरमा भएका मुर्तिहरु बेच्नेले धर्म खतरामा परेको भन्ने गरेको बताए।

प्रचण्ड सरकारले हाल संसदमा दर्ता गरेको प्रदेशहरुको सिमांकनको नक्शा केपी ओली आफैँले कोरेको भन्दै त्यहि सिमांकन संसोधन संसदमा पेश गर्दा नेपाली कांग्रेस रास्ट्रघाती हुने र एमाले चाहि रास्ट्रबादि हुने भन्दै,ओलीप्रति आक्रोश ब्यक्त गरे।

उनले सिके राउतलाई मधेशका युवाले तह लगाउँने भन्दै सिके राउतको कारण नभई एमालेको कारण रास्ट्रियता धरापमा परेको आरोप लगाए।

गगनले अगाडि भने-‘भारत र चिनलाई गाली गर्न नहुँने भन्दै ,अध्याँरो कोठामा गएर छोराछोरीका निम्ती छात्रवृद्धि माग्ने अनि मन्चमा आएर नेपालको रास्ट्रियता खतरामा छ भन्दै भारतलाई गालि गर्ने एमाले प्रबृति बुझ्न आबश्यक रहेको बताए।

हेरौँ भिडियो

Leave a Reply