Friday , October 20 2017
Breaking News

मेरो दुधे वालक खोसेर उत्तेजना विहिन मसँग पालैपालो…

– सुनिता दनुवार

म लुकेर आँसु पुच्छ्दै उसको समयका लागि लम्पसार परिदिन्थें । मरेतुल्य मेरो उत्तेजना विहिन मासुको थुप्रोभित्र ऊ के भेट्थ्यो कुन्नि ? तर पनि आफुले किनेको समयलाई भरपुर उपयोग गर्न लागि परिरहन्थ्यो ।

कमाठीपुर, बाह्र नम्वर गलीमा लगेपछि म बाट मेरो छोरो पनि खोसिएको थियो । छोरालाई उनीहरुले कहाँ लगे त्यसको कुनै अत्तोपत्तो थिएन । मेरो स्तनबाट दुधका धारा बगिरहेको थिए, अनि आँखाबाट आँसुका ढिका । जव छाती चसक्क गथ्र्याे, म मेरो दुधे बालकलाई सम्झिन्थेँ । मलाई जेसुकै गरे पनि, जहाँसुकै लगे पनि मबाट मेरो छोरा चाही ँनखोसेको भयो हुन्थ्यो भन्ने कराउथ्ये । केही दिनपछि त्यो नयाँ कोठीकी घरवालीले मेरो बच्चा ल्याएर मेरो काखमा राखी दिई । मैले छोरालाई च्याप्प समातेर छातीमा टाँसे । म्वाई खाएँ । दुध चुसाएँ । आमा र छोराको भेट कति पछि भएको थियो । साँझ गोठ फर्किएको गाई झैं मैले छोरालाई चाटे । सुम्सुम्याएँ । मिलनको त्यो क्षणमा मैले सारा पीडा भुलेकी थिएँ ।

तिम्रो बच्चालाई अब खोलीमा राख्नु पर्छ । खोलिमै उसको सारा हेरचाह हुन्छ, तिमीले चिन्ता लिनु पर्दैन, घरवालीले भनी । मुम्वाईमा ‘खोली’ भन्ने आश्रयस्थल हुँदो रहेछ, जहाँ बच्चाहरुको हेरचाह गरिदो रहेछ । कोठीमा ल्याइएका महिलाका स–साना बच्चाहरुको लालनपालन गर्दा रहेछन् । हप्ताको एक पटक मात्र बच्चालाई आमासंग भेट गराउन कोठीमा ल्याइदो रहेछ । मेरो छोरालाई पनि खोलीमा लगेर राखियो । हुनत, हरेक आमाको मन हुन्छ, बच्चा आफुसंगै होस् । तर मैले अर्काेहिसाबले सोच्दा छोरालाई खोलीमा लगेर राख्दा ठीकै पनि लाग्यो । किनकि, छोरा यदी कोठामा मैसंग भएको भए उसको भविष्य के हुन्थ्यो ? ऊ खराव संगतमा पनि लाग्नसक्थ्यो ।

थरि थरिका लोग्ने मान्छे र तिनका बेग्लाबेग्लै मागसंग रुझदा भिज्दा म हप्ताभरि थकित हुुन्थेँ । मलार्ए सबैभन्दा प्यारो लाग्ने क्षण मेरो छोरासंँग भेट हुँदा हो । । शनिवार आउँन लाग्दा खुशी हुन्थँे ।

तैपनि खोली आफंैमा सुरक्षित ठाउँ थिएन । खोली आफैंमा सुरक्षित ठाउँ थिएन । खोलीमा कसैका छोरीलाई राखिएको छ भने क्याल्सियम खुवाएर छिटो छिटो हुर्काउने रखाइलाग्दो ज्यानकी बनाएर कम उमेरैमा कोठीमा ल्याएर धन्दामा लगाउने चलन रहेछ । हुर्की सकेको छोरालाई भने धर्म पुत्रका रुपमा अरु कसैलाई टन्नै रकम लिएर अरु कसैलाई बेचिदिँदा रहेछन् । जसरी हुन्छ पैसा कमाउने । मेरो छोरालाई पनि धर्मपुत्रका रुपमा कसैलाई बेचिदिने हुन् कि भन्ने चिन्ताले सधै सताइरहन्थ्यो । हुन पनि मैले कोठीमा बस्दा यस्ता दृश्य देखेँ, जहाँ पहिला दिदीलाई ल्याउ बेचियो र दिी धन्दामा अभ्यस्त भएपछि उनकी बहिनीलाई पनि दलालहरुले ल्याएर बेचे । बहिन िभर्खर नौ दश वर्षकी भएकाले उनलाई खाली (आश्रयस्थल)मा लगेर राखियो ।खोलीमा क्याल्सियम खुवाएर उसलाई चिन्नै नसक्ने बनाएछन् । हलक्क बढेकी दुई महिनापछि कोठीमा ल्याउँदा हामी कसैले चिनेनौ । उसको वडी स्ट्रक्चर पूर्ण रुपमा विकसित बनाइएको थियो र कम उमेरमै धन्दाका लागि योग्य बनाइएको थियो । त्यसरी दिदी र उनकी कलिली बहिनीलाई एक साथ धन्दामा लाग्न बाध्य पारियो ।

थरि थरिका लोग्ने मान्छे र तिनका बेग्लाबेग्लै मागसंग रुझदा भिज्दा म हप्ताभरि थकित हुुन्थेँ । मलार्ए सबैभन्दा प्यारो लाग्ने क्षण मेरो छोरासंँग भेट हुँदा हो । । शनिवार आउँन लाग्दा खुशी हुन्थँे । हरेक शुक्रवार साँझ परेपछि म खुशीले गद्गद हुन्थेँ । भोली शनिवार मेरो बच्चालाई मसँग भेट्न ल्याइँदैछ भन्ने कल्पनाले म पुलकित हुन्थेँ । शारीरिक शोषणका सारा पीडाहरुलाई केही बेरका लागि भुल्थेँ । शनिवार जब छोरालाई मकहाँ ल्याइन्थ्यो, त्यतिबेला छोराको व्यवहार भने विलकुल भिन्न पाउँथेँ । सुरुका दिनहरुमा त छोरा मसंग छुट्टिने बेलामा रुन्थ्यो । छातीमा टाँसिन्थ्यो । । उसको टाउको मुसार्थें । खोलीमा रहन थालेपछि छोराले मलाईनै चिन्न छोडेको थियो । मान्छे चिन्ने, ठम्याउने त्यो उमेरमा आईसंग बसेकाले उसले आफ्नै आमालाई चिनेन । बेला बेलामा भेट्न ल्याउँदा उसले ‘आई’ भन्न थालेको थियो । मैले बोक्न खोज्दा रोइहाल्थ्यो । ऊ मेरो छेउमै आउँदैनथ्यो । आईले बोक्दा भने रमाउँथ्यो, खुशी हुन्थ्यो । त्यती बेला यो आमाको मनमुटुमा कस्तो पीडा हुन्थ्यो होला ! त्या त एउटी आमाले मात्रै बुझ्न सक्ने कुरा हो ।

यौनप्यास मेटाउन आएको त्यो युवा स्तन पिएर फर्कियो

कठै ! मेरो छ महिनाको छोरा । आमाको काखमा लडिबुडी गर्नु पर्ने बेलामा कहाँ को नचिनेको मान्छेसंग बस्छ । दिउँसो रुँदा कति तालु सुक्दो हो ? दुध खान खोज्दो हो । खोजेको कुरा नपाउँदा कति विलौना गर्दाे हो ? राती मेरो छातिमा टाँसिएर दुध चुस्दै निदाउने छोरो कसरी सुत्दो हो ? डाइपरले कति पोल्दो हो ? यी सबै कुरा कल्पदा कल्पदै मलाई झुक्याई आँसु झरिसक्थे । म रुन्थे घोप्टो परेर । तर, मन लागुञ्जेल रुन कहाँ पाउँथेरे ? कोही आईहाल्थ्यो कोठामा ।

म लुकेर आँसु पुच्छ्दै उसको समयका लागि लम्पसार परिदिन्थें । मरेतुल्य मेरो उत्तेजना विहिन मासुको थुप्रोभित्र ऊ के भेट्थ्यो कुन्नि ? तर पनि आफुले किनेको समयलाई भरपुर उपयोग गर्न लागि परिरहन्थ्यो । कुनै समय फुर्सद भयो भने छोराको भविष्यको बारेमा सोच्थें । अहिले पो सानै छ त ! केही बुझ्दैन । दिनदिनै हुकैदै जान्छ । बुझ्दै जान्छ । यस्तो ठाउँमा हुर्केर यो संगतले ऊ कस्तो होला ? बिस्तारै उसको तोते बोली कानमा ठोकिन्थ्यो । हातगोडा फालेर खेलेको चित्र आँखामा नाच्थ्यो । अनि फुट्थ्यो छातीमा भक्कानो ।

– nepalpati.com

Leave a Reply