Thursday , October 19 2017
Breaking News

साझा पार्टीको तर्फबाट काठमाण्डौंको उपमेयरमा निरुपमा यादब

साझा पार्टिले स्वतन्त्र उम्मेदवारको रुपमा कानुन ब्यबसायी निरुपमा यादबलाई काठमाण्डौंमा उपमेयरको उम्मेदवार बनाउँने निर्णय गरेको छ।

काठमाण्डौंको मेयरमा यसअघि साझा पार्टिले स्वतन्त्र उम्मेदवारको रुपमा पुर्ब सचिब किशोर थापाको नाम घोषणा गरिसकेको छ। त्यस्तै बिबेकशिल दलले २१ बर्षीया रन्जु दर्शनालाई मेयरको उम्मेदवार बनाईसकेको छ।

को हुन् निरुपमा ?

सप्तरीमा जन्मिएकी, बाँकेमा हुर्किएकी, मोरङ्गसँग वैवाहिक सम्बन्ध जोडिएकी र काठमाडौँलाई कार्यथलो बनाएकी कामनपा वडा नम्बर १४ निवासी, ३९ वर्षीय युवा नेतृ यादवले देशको राजधानीको उप-मेयरका लागि साझा पार्टीको समर्थनमा उमेदवारी दिनुलाई साझा पार्टीले तराई र काठमाडौँलाई भावनात्मकरूपमा बलियोसँग बाँध्ने एउटा नयाँ आयामको रूपमा हेरेको छ। १७ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी यादव ३ जना सन्तानकी आमा हुन्।

गत १५ वर्षदेखि अधिवक्ताको रूपमा कार्यरत यादवले शान्ति सम्झौता उच्चस्तरिय अनुगमन समितिकी सदस्य, मेलमिलाप परिषदकी सदस्य, सामाजिक समावेशीता विज्ञ, मानव अधिकारकर्मी तथा विभिन्न संस्थामा कानुनी परामर्शदाताको रूपमा पनि काम गरेकी छिन्।

महानगरको क्षेत्राधिकारभित्रका विवादको निरूपण गर्न उपमेयरको संयोजकत्वमा न्यायिक समिति गठन हुने संवैधानिक व्यवस्था छ। मेलमिलाप र न्यायिक कार्यलाई प्रभावकारीरूपमा सम्पादन गर्नुपर्ने गहन कानुनी जिम्मेवारी जोडिएको उप-मेयरको पद आफ्ना लागि अनुकूल भएको र मेयर पदका लागि साझा पार्टीकै समर्थनमा किशोर थापाजस्ता इमान्दार, अनुभवि र सक्षम व्यक्तित्वले उमेदवारी दिएकोले आफू आफ्नो उमेदवारीका बारे अत्यन्तै उत्साहित भएको यादवले बताएकी छिन्।

उनी भन्छिन्, “किशोर थापाजस्तो शहरी विकास विज्ञसँग काम गरेर काठमाडौँ ‘सफा, सुरक्षित र सबैका लागि’ बस्न योग्य र विगतमा झैँ सन्सारमैं गर्व गर्न योग्य सहरका रूपमा रूपान्तरण गर्ने मेरो लक्ष्य रहेको छ।”

प्रकाशित मिति :बैशाख १० आइतबार-२०७४

Leave a Reply