Sunday , August 20 2017
Breaking News

राष्ट्रिय प्रजातन्त्र पार्टी रत्ननगर वडा नं ९ को पार्टी कार्यालय उद्घाटन

राष्ट्रिय प्रजातन्त्र पार्टी रत्ननगर नगरपालिका वडा कार्य समिती वडा नं ९ को पार्टी कार्यालय, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय उपाध्यक्ष , मानानीय भुमिसुधार तथा ब्यबस्थामन्त्री बिक्रम पाण्डेले रिबन काटेर उद्घाटन गर्नु भयो । सो अबसरमा स्थानिय सर्बसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै पाण्डेले स्थानिय चुनाबमा गाई अंकित चुनाब चिन्नमा छाप लगाउन आग्रह गर्दै, आफुले “पार्टी कार्यालय मात्र उद्घाटन गरेको होइन समग्र रत्ननगर ९ को बिकासको उद्घाटन गरेको हो” भन्नु भयो !
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला उपाध्यक्ष रुद्र ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं २ अध्यक्ष बलराम खनाल,क्षेत्र नं २ उपाध्यक्ष माधब भट्टराई, पार्टीका रत्ननगर अध्यक्ष टिकाराम लामा, रत्ननगर ९ अध्यक्ष रामु आचार्य लगाएत स्थानियाहरुको बृहत सहभागिता रहेको थियो !
स्थानिय चुनाबका रत्ननगर ९ का अध्यक्षका उमेदवार समेत रहेका रामु आचार्यले कार्यक्रममा बोल्दै हिन्दुरास्ट्रको पहिचान साथै स्थानिय बिकासको मूल फ़ुटाउन राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाब चिन्ह “गाई” मा मतदान गर्न सम्पूर्ण वडाबासिमा अनुरोध गर्नुभएको थियो !

Leave a Reply