Sunday , August 20 2017
Breaking News

झारफुक गर्न गएकी बालिकालाई धामीले गरे बलत्कार

पर्वत: तान्त्रिक विधिद्वारा झारफुक गरेर रोग निको पार्ने वहानामा पर्वतका एक व्यक्तिले ८ बर्षिया बालिकालाई जवर्जस्ती करणी गरेका छन् । पर्वतको कुश्मा नगरपालिका २ घर भई हाल जलजला गाउँपालिका ३ बउरमा झारफुक गरी वस्ने वर्ष ४५ का खिम बहादुर परियारले ८ बर्षिया बालिकालाई जवरजस्ती करणी गरेका हुन् । गत चैत ३१ गते साँझ ५ बजेको समयमा झारफुकका लागि घरमा पुगेकी बालिकालाई परियारले मुलमा बस्ने मसान लागेकाले पुजा गर्नका लागि जंगलमा जानुपर्ने वहाना रच्दै जंगलमा नै बालिकामाथि दुव्र्यवहार गरेका थिए । परियारले घरबाट १५ मिनेटको दुरीमा रहेको माटेपानीको जंगलमा बालिकालाई जवर्जस्ती गरेका हुन् । पिडित बालिकाका परिवारले प्रहरी समक्ष परियारले जवर्जस्ती गरेको किटानी जाहेरी दिएपछि प्रहरीले पिडक परियारलाई पक्राउ गरेको छ । पिडितको निवेदनको आधारमा परियारलाई पक्राउ गरेको र प्रारम्भिक अनुसन्धान पश्चात आइतबार जवरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको प्रहरी निरिक्षक लिलाराज लामिछानेले बताउनुभयो । – न्युजडबली

Leave a Reply