Friday , December 15 2017
Breaking News

दैनिक ४ लाख कपको चिया पिउछिन् र हिरा जडित ब्याग मात्रै बोक्छिन्

निता अम्बानी भारतकी सबैभन्दा धनी मुकेश अम्बानीकी पत्नी हुन् । उनी आफै पनि बिजनेश वुमन हुन् ।मुम्बईमा बिश्वको सबैभन्दा महँगो घरमा बस्छिन्। प्रसश्त पैसा भएपछि संसारमा नहुने र आफुले गर्न नसकिने कुनै कुरै छैन । निता अम्बानीको लागी पनि पैसा ठुलो कुरा होइन । त्यसैले उनले आफ्नो शौख पुरा गर्न स्वस्थ्य रहन र राम्री देखिन पैसाको खोलो बगाउँछिन् ।

दैनिक ४ लाख ८० हजार मुल्यको चिया
चिया जस्तो मामूली चिज हाम्रो नेपालमा १० रुपैँया कपमा जताततै पाइन्छ। तर निताले पिउने चिया भने साधारण होइन। उनी दिनको शुरुवात जापानको सबैभन्दा पुरानो क्रोकरी ब्रान्ड ‘नोरिटेक’ को चिया पिएर गर्छिन् जसको एक कपको मुल्य ४ लाख ८० हजार पर्छ। क्रोकर ब्रान्डबाट बनेका कपमा सुनको बोर्डर लगाइएको छ ।

निता अम्बानी ब्रान्डेड घडिको शौखिन छिन्,उनको मनपर्ने ब्रान्डका घडिहरुमा बुल्गारि,कार्टियर, राडो,गुची,केल्चिन केलिन र फोसिल जस्ता ब्रान्ड छन् ।

ह्यान्ड ब्याग ( हाते झोला )
निता अम्बानी ह्यान्ड ब्यागको पनि ठुलो सौखिन हुन् । उनले लगाउँने गहना मात्र हिराको होइन, उनले बोक्ने ब्यागमा पनि हिरा जोडिएको हुन्छ । दुँनियाको सबैभन्दा महँगो ब्रान्डको ह्यान्ड ब्याग चनेल,गोयार्ड,जिम्मी चु केरी,उनका कलेक्शन हुन्।जसको मुल्य चार-पाँच लाख बाट शुरु हुन्छ ।

प्रत्येक पटक नयाँ जुत्ता
निताले एकपटक लगाएको जुत्ता पुन: दोर्हाएर लगाउँदिनन्। उनी बिश्वका सबैभन्दा महँगा ब्रान्डका जुत्ताहरु मात्र लगाउँछिन्। जुन कम्पनीका जुत्ताका मुल्य एक दुई लाख बाट शुरु हुन्छ ।

प्रकाशित मिति :बैशाख ४ सोमबार-२०७४

Leave a Reply

%d bloggers like this: