Wednesday , October 18 2017
Breaking News

विप्लव माओवादीको आतंकबाट न्याय पाउदै भन्दै उमा महर्जन सिधाकुरा जनतासंगमा यसरी रोईन

जनताको आवाजको बोल्ने सिधाकुरा जनतासंगको टिमलाई ट्याक्सीवालाले हिर्काए

‘कसैले विरोध गरे गोली हानेर मार्दिन्छु भन्दै विप्लव कार्यकर्ता घुमिरहेका थिए

कलंकी–बल्खु रिङरोडसँगै जोडिएको एउटा घरमा विप्लव माओवादीले डोजर चलायो। पार्टीको कानुन विभाग प्रमुख चुडामणि ओलीको नेतृत्वमा विप्लव माओवादी कार्यकर्ताहरू डोजर लिएर त्यहाँ गएका थिए। उमा महर्जन आफ्नो घर जोगाइदिन हारगुहार गर्दै थिइन्। प्रहरी त्यहीँ थिए। स्थानीयको भीड जम्मा थियो। उमाको रोदन भने त्यहाँ कसैले सुनेनन्।

हेर्दाहेर्दै उमाको आँखैअगाडि उनको घरका केही भाग गर्ल्यामगुर्लुम ढले। घर भत्किएकोमा आहत उमाले प्रतिरोध गर्न खोजिन्। विप्लव माओवादीका कार्यकर्ताले उल्टै उनलाई लछारपछार पारे। त्यहाँ जम्मा भएका स्थानीय मात्र होइन, प्रहरीसमेत मूकदर्शक बने।

‘कसैले विरोध गरे गोली हानेर मार्दिन्छु भन्दै विप्लव कार्यकर्ता घुमिरहेका थिए,’ एक स्थानीयले त्यो दिन खिचेको भिडियो देखाउँदै सेतोपाटीसँग भने, ‘केही प्रहरी पनि त्यहीँ उभिएर चुपचाप हेरिरहेका थिए। खुब डर लाग्यो, हामी त केही बोलेनौं।’ यो २०७३ पुस १९ गतेको घटना हो। यहाँ उमा महर्जन र भारती ढुंगानाबीच २० वर्षदेखि जग्गा विवाद चलिरहेको छ। दुवै पक्षले जग्गाको स्वामित्व दाबी गर्दै आएका छन्। सर्वोच्च अदालतले २०६६ सालमै उक्त जग्गा उमा महर्जनकै भएको अन्तिम फैसला गरिसकेको छ। भारतीले भने आफ्नो दाबी छाडेकी छैनन्। अहिले यो मुद्दा फेरि सर्वोच्चमा विचाराधीन छ।

Leave a Reply