Sunday , August 20 2017
Breaking News

बिन्ती गर्छु हे ईश्वर यस्तो बनोस नयाँ वर्ष पोल्टा भरी राख्न पाइयोस् संगालेर खुशी हर्ष

नयाँ वर्ष 
 
बिन्ती  गर्छु  हे   ईश्वर यस्तो  बनोस नयाँ वर्ष
पोल्टा भरी राख्न पाइयोस् संगालेर खुशी हर्ष 
ग्रह  सबै  शान्त होउन अमन  चयन छाईरहोस 
जहा बसेनी नेपाली ले खुशी को गीत गाइरहोस 
 
अन्न  फ़ली खेतबारी  मा लटरम्म  भईदिओस
एक आपस को बैर  भाब मनै बाट गइदिओस
हाम्रै देशमा बिकाशका अपार ढोका खुलिदिउन 
बिदेसिएका युबा फर्की आफ्नै देशमा भुलिदिउन 
 
गाउँ का गरिब नारी लाई बोक्सी भन्दै नकुटिओस 
भर्खर का  युवती  को अस्मिता लाई  नलुटिओस 
बिधवा ले मन्दिर पस्दा कोहि सुनपानी नछरोस है 
थोरै दाइजो ल्याएको निहुमा चेली जल्न नपरोस है
 
भोकमरी ले दूरदराज मा कोहि को प्राण न जावोस है
धारा छोएको निहु मा कठै कोहि ले गाली न खावोस है
सबै   समान   हुन   सकुन्  ठुला   देखि  साना  सम्म 
दुई छाक चुल्हो बलोस हजुर खर ले छाएका छाना सम्म
 
यो मधिसे  त्यो  पहाडी  कोहि  ले अब  नगरुन  है
आन्दोलन का नाम मा अब कोहि नेपाली नमरुन है
गणतन्त्र   लोकतन्त्र   को  अनुभुती   हुन  सकोस 
जसको सरकार बने पनी जनता को मन छुन सकोस
 
संसार भरी छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदी बैनी हरुमा नयाँवर्ष २०७४ को हार्दिक मंगलमय शुभकामना ??
शकुन ज्ञवाली 
हाल : न्युयोर्क

Leave a Reply