Tuesday , October 17 2017
Breaking News

अमेरिकाको ‘मदर अफ अल बम्स’ पछि रुसको बमको चर्चा सुरु, जुन छ अमेरिकाको बमभन्दा ४ गुणा शक्तिशाली

एजेन्सी । विश्वकै शक्तिशाली देश अमेरिकाले हालै अफगानिस्तानमा प्रहार गरेको बम ‘मदर अफ अल बम्स’ (MOAB) को तातो हावा सेलाउन नपाउँदै यो भन्दा शक्तिशाली बमको विषयमा चर्चा सुरु भएको छ । अमेरिकालाई टक्कर दिइरहेको देश रसियामा यो बम रहेको चर्चा परिचर्चा अमेरिका र बेलायतमा रहेका संचारमाध्यमहरुले गरेका छन् ।

जसको नाम ‘फादर अफ अल बम्स’ (FOAB) दिइएको छ । जुन अमेरिकाले बनाएको बमभन्दा ४ गुणा बढी शक्तिशाली भएको भनिएको बम एटीबीआईपीमा ४४ टीएनटी क्षमता रहेको छ ।

रुसी सेनाका एक अधिकारीको भाषामा ‘यो बम प्रहार भएपछि जमिनमा रहेका हरेक कुरा बाफ बनेर उड्ने गर्दछ ।’ GBU-43/B जस्तै एटीबीआईपी पनि हावाको बिचमा पड्कने गर्दछ ।

अत्यधिक तापक्रम र सुपरसोनिक तरंगले जमिनमा रहेका प्रत्येक कुराको तहसनहस गरिदिने ति मिडियाहरुले उल्लेख गरेका छन् ।

– osnepal

Leave a Reply