Sunday , August 20 2017
Breaking News

अमिताभ बच्चनको बारेमा सोनाक्षी सिन्हा के-जान्न चाहन्छिन् ?

दबंग गर्ल सोनाक्षी सिन्हाले फिल्म ‘नुर’ मा पत्रकारको भुमिकामा अभिनय गर्दैछिन् । सोनाक्षी भन्छिन् -‘बास्तबिक जिबनमा एक पत्रकारको रुपमा शताब्दिकै महानायक अमिताभ बच्चनको बारेमा धेरै कुरा जान्न चाहान्छु।’

‘अमिताभ बच्चनको जिन्दगी दिलचस्प र रोचक छ,त्यसैले एक पत्रकार भएर उनको जिन्दगीको बारेमा जान्न चाहान्छु।’

सोनाक्षीलाई फिल्म ‘नुर’ मा अमिताभ बच्चनको नभई सनी लियोनको अन्तरबार्ता लिने मौका मिल्यो ।सोनाक्षी भन्छिन्-‘ सनी लियोन एकदमै प्यारी महिला हुन्,सनि लियोनले उनको फिल्ममा अतिथिको भुमिका निभाएकोमा उनी खुशी छिन् ।’

Leave a Reply