Tuesday , August 22 2017
Breaking News

मलाई मेरो श्रीमानको अँगालो मात्रै प्यारो लाग्थ्यो – भाग्यश्री

२८ बर्षअघिको हिट फिल्म ‘मैंने प्यार किया’ की हिरोइन भाग्यश्री र अहिलेको भाग्यश्री बिच धेरै अन्तर आईसकेको छ । सुरज बडजात्याको फिल्म मैंने प्यार कियामा एक ‘आदर्श हिरोइन’ को भुमिका निभाएकी भाग्यश्री आजभोली ग्यालमरस देखिन्छिन् ।

आफुमा आएको फरकपन बारे भाग्यश्री भन्छिन् -‘मसँग पहिला आत्मविश्वासको कमी थियो,महिलाहरुमा बढ्दो उमेर सँगै निखारपन आउँछ र आत्मबिश्वास पनि बढ्दै जान्छ । मसँग पनि ठिक त्यस्तै भयो।’

सलमान खान सँग ‘मैंने प्यार किया’ भाग्यश्रीको एउटा मात्रै फिल्म हो । जुन फिल्म सलमान खानको पहिलो फिल्म र भाग्यश्रीको एकमात्रै हिट फिल्म थियो । यसै फिल्मले सलमान खानलाई बलिउडको ठुलो सेलिब्रेटि बनाईदियो।

तर भाग्यश्रीले फिल्मी दुँनियालाई भन्दापनि बिहेपछि घर-गृहस्थी लाई महत्व दिइन् ।

फिल्म ‘मैंने प्यार किया’ पछि भाग्यश्रीले तिनवटा फिल्ममा आफ्ना पति हिमालय सँग मात्रै काम गरिन् ।उनी भन्छिन् -‘मलाई दोस्रो अभिनेता सँग काम गर्न बन्देज थिएन,तर रोमान्टिक सिनमा म मेरो पतिसँग मात्रै सहज महसुश गर्थे।’

सलमान खानको बिहेको बारेमा कुरा गर्दै भाग्यश्री भन्छिन् -‘उसको बिहेको बारेमा थाहाँ छैन,तर सलमान बच्चाहरु सँग एकदमै घुलमिल हुन्छन्, उ बच्चाहरुको एकदमै ख्याल राख्छन्। जब सलमानको बच्चा हुन्छ उनी एक असल बाबु पक्कै हुन्छन् ।’

प्रकाशित मिति :चैत ३० बुधबार-२०७३ 

Leave a Reply