Wednesday , January 24 2018
Breaking News

बिबिए पढ्दै गरेकी युवतीद्वारा आत्महत्या

विराटनगर ।

विराटनगरमा एक युवतीले आत्महत्या गरेकी छन्। पुष्पलालचोक घर भएकी २० वर्षीया पूर्णिमा काफ्लेले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी हुन्।

महेन्द्र मोरङ क्याम्पसमा बिबिए तहमा अध्ययन गरिरहेकी पूर्णिमा बुधबार आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
स्थानीयका अनुसार उनी झुन्डिएको कोठाबाट ‘सुसाइड नोट’समेत फेला परेको छ। उक्त सुसाइड नोटमा उनले ‘आफूखुसी आत्महत्या गरेको’ व्यहोरा उल्लेख घरेको पारिवारिक स्रोतले जनाएको छ।

मृतक पूर्णिमाका बुबाले दोस्रो बिहे गरेको र उनी हाल भारतमा रहेको बुझिएको छ। पूर्णिमा घरमा आफ्नी आमासँग बस्दै आएकी थिइन्।
पूर्णिमाले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन। प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ।
मृतक युवतीको शव कोसी अञ्चल अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको मोरङ प्रहरीले जनाएको छ।

– सुचनाकेन्द्र बाट साभार : 

Leave a Reply

%d bloggers like this: