Sunday , December 17 2017
Breaking News

सीके राउतको विखण्डनकारी अभियानलाई सहयोग पुग्ने गरेर विभिन्न दातृ निकाय, एनजिओ तथा व्यक्तिहरूले ती बैंक खाताहरूमा पैसा पठाउने गरेकाे समेत खुलासा

सीके राउतको विखण्डनकारी अभियानलाई सहयोग पुग्ने गरेर विभिन्न दातृ निकाय, एनजिओ तथा व्यक्तिहरूले ती बैंक खाताहरूमा पैसा पठाउने गरेकाे समेत खुलासा भएकाे छ ।

याे खुलासासँगै जिल्ला अदालत सिरहाले  सिके रावतको राहदानी र बैंक खाताहरू रोक्का गर्न आदेश दिएको छ ।
देश टुक्र्याउने अभिव्यक्ति दिएर पटकपटक प्रहरीसँग पौठाजोरी खेल्दै आएका सिके रावतले मध्यतराईका विभिन्न जिल्लाहरूमा विखण्डनकारी गतिविधि चलाएको भन्दै अदालतबाट यस्तो आदेश दिएको हो ।

सिरहा जिल्ला अदालतका न्यायाधीश ध्रुवप्रसाद सापकोटाको आदेशपछि सीके राउतको नाममा रहेको बैंक खाता रोक्न आदेश दिइसँगै अब उनले राहदानी पनि पाउने छैनन् ।

राउतले स्वतन्त्र मधेस गठबन्धनका नाममा मधेसलाई टुक्र्याएर अलग राष्ट्र बनाउने भन्दै विखण्डनकारी गतिविधि चलाउँदै आएकाे प्रहरीकाे दावी छ ।
जिल्ला अदालतको आदेशअनुसार सीके राउतको राहदानी रोक्का गर्न सिरहा प्रहरीले चैत १५ गते परराष्ट्र मन्त्रालयलाई पत्र पठाइसकेको स्रोतले बतायाे । त्यसैगरी प्रहरीले चैत १६ गते सीके राउतको नाममा रहेका सबै बैंक खाताहरू रोक्न पनि पत्र पठाइएको स्रोतको भनाइ छ ।
राज्य विरुद्धको संगठित अपराधमा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय लहान, सिरहा सीके राउतमाथि मुद्दा चलाइरहेको छ ।
यसैबीच, नेपाल प्रहरीले सीके राउतले बिखण्डनकारी अभियान चलाउन प्रयोग गर्दै आएका सामाजिक सञ्जालहरू फेसबुक, ट्वीटर, यूट्यब जस्ता एकाउन्ट सबै बन्द गरिदिने भएको छ । त्यसका लागि पहल सुरु भइसकेको स्रोतले जनायो ।
-इमान्दार मिडिया 

Leave a Reply

%d bloggers like this: