Thursday , October 19 2017
Breaking News

५४ वटा बिहे गरेका ”रंगीला रकेट’’ को राम कहानी ! पाए ५५ औ बिहे पनि गर्ने !

म त ५४ औं श्रीमती भन्ने भर्खर मात्र थाहा हुदैछ- रंगीला ‘रकेट’को ५४ औ श्रीमती लक्ष्मी राउत

सबैभन्दा धेरै बिहे गरेका नेपालीका रुपमा आउँछ, राणा शासक जंगबहादुरको नाम । जीवनकालमा ३३ पत्नी भित्र्याउने |

जंगबहादुरलाई समेत उछिन्ने अर्का नेपाली देखा परेका छन्, त्यो पनि उनैले ‘श्री ३ महाराज’ हुन रोजेको जिल्ला लमजुङमा ।
लमजुङ दुराडाँडाका ‘रकेट’ भनेर चिनिने ५७ बर्षका राकेश परियारले अहिलेसम्म ५४ वटा बिहे गरिसकेका छन् ।

दलित समुदायबाहेक ब्राम्हण, क्षेत्री, जनजाति गरी सबैसँग बिहेको अनुभव सँगालेका छन् उनले । राकेशको अन्तिम धोको छ, राउटे महिलालाई बिहे गर्ने । ४० बर्षअघि १७ बर्षको उमेरमा राकेशको पहिलो बिहे लमजुङ भोटेओडार ४ रामदीकी फूलमाया परियारसँग भएको थियो । तर, राकेशको रंगीला स्वभावका कारण फूलमायासँगको दाम्पत्य लामो सय टिकेन् ।

पहिलो बिहेको केही समयपछि उनको अरु नै महिलसँग हिमचिम हुन थाल्यो । राकेशलाई नजिकबाट चिन्ने दुराडाँडा १ किरिन्तेका तारा खनिया भन्छन् ‘ऊ जन्मेकै धेरै बिहे गर्न हो जस्तो लाग्छ ।

‘ ५४ बिहे गरे पनि राकेशसँग अहिले दुईजना श्रीमतीमात्र साथमा छन् । राकेश भन्छन् ‘एक पटक ११ वटी श्रीमती थिए, कमाई पनि थियो,’ त्यसबेला हनुमानढोकापछाडि जैसीदेवलमा दुईवटा फ्ल्याट भाडामा लिएर राखेका थिए राकेशले आफ्ना श्रीमतीहरुलाई । उनी भन्छन् ‘को सँग बस्ने खाने भन्नेबारे चाँही तालिका नै थियो, सोही अनुसार चल्थे ।’ उनले भने ‘अहिले चाँही खुम्चेर बस्नुपरेको छ, दुईजना मात्र छन्, तर उनीहरुलाई पनि मिलाएर राखेको छु ।’

यति धेरै बिहे गरेका उनका सन्तान भने १३ जना मात्र छन् । उनकै साथमा दुई जना मात्र छन् । फूलमायाले छाडेपछि धेरै बिहे गर्ने इख जागेको भन्दै उनले भने -’उसले मलाई छाडेपछि मैले तिमी जीवित छँदै सयौं श्रीमती ल्याएर देखाइदिन्छु भनेर चुनौती दिएको थिएँ,’ पछिल्ली अर्थात ५४ औं श्रीमती लक्ष्मी राउतकै अगाडी उनी भन्दै थिए ‘तिम्रो सिन्धुर पुछिँदासम्म पनि म श्रीमतीहरु ल्याइरहेको हुनेछु पनि भनेको थिए ।’

नभन्दै उनले ५४ औं बिहे गर्दा नगर्दै फूलमायाको सिन्दुर पुछिइसके छ । दुई बर्ष अघि भित्रिएकी पछिल्ली श्रीमती लक्ष्मी राउत राकेशको गाउँ दुराडाँडालगायत गाविसमा काम गर्ने गैरसरकारी संस्थामा आवद्ध थिइन् । आजीवन अविवाहित रहने योजनमा रहेकी उनीमाथि जब राकेशको आँखा पर्‍यो, उनको योजना नै परिवर्तन भयो । उनी भन्छिन् ‘उहाँको बोली र व्यक्तित्वका कारण जात उमेर केही नहेरी बिहे गरेकी हुँ । जति बिहे गरेपनि अव उहाँलाई छाड्न सक्दिन ।’

 

लक्ष्मीले भनिन-’मलाई उहाँ धेरै बिहे गर्ने मान्छे हो भन्ने चाँही थाहा थियो, तर म ५४ औं श्रीमती भन्ने भर्खर मात्र थाहा हुदैछ ।’ पहिले देखि नै धेरै बिहे गर्ने भएकाले अरु बिहे गर्ने बारेमा पनि आफूलाई चिन्ता नभएको भन्दै उनले भनिन -’उहाँका पहिलाका श्रीमतीहरुसँग पनि म सँगै बसेकी छु, दीपा पुलामी र शान्ता पौडेलसँग भेट भएको थियो, उहाँहरुले आफुखुसी छोडेर जानुभएको रे, दुबैजनासँग केही दिन सँगै बसेकी थिए ।’

यता उनकी पहिली श्रीमती फूलमाया परियारले भने राकेशले बिहे गरे पनि नपाल्ने गरेको आरोप लगाएकी छन् । राकेशसँग धेरै रिसाएकी फूलमायाले भनिन्, ‘त्यो मेरो लागि मरिसक्यो, त्यो मान्छे कस्तो हो भन्ने सारासंसारलाई थाहा छ, विहे गर्दै हिँड्छ, कसैलाई पाल्नु पर्देन्, त्यसो भएपछि दिनै पनि बिहे गर्दै हिड्दो हो नि ! उसको बारेमा मलाई केही सुन्नुबुझ्नु छैन् ।’
यता राकेशलाई भने ५५ औं श्रीमतीका रुपमा राउटे महिलालाई भित्र्याउने धोको छ । उनले भने ‘मलाई छोडेर गएका ५२ जना श्रीमतीकै बारेमा भन्नसक्छु, धेरै भएकाले सम्झन समय लाग्ला, तर अन्त्यमा एउटी राउटे महिलासँग बिहे गर्नुछ ।’ उनले आफुँसँग बिहे गरेका महिलाहरु बढीमा पाँच बर्ष र कम्तीमा ६ महिना बस्ने गरेको बताए ।

सन २०१३मा नेपाल  साप्ताहिकमा प्रकाशित समाचार  

Leave a Reply