Tuesday , August 22 2017
Breaking News

प्रकाश दहालले मोदीका विश्वासपात्र भारतीय नेतालाई बालुवाटारको गेटमै रोकेपछि….।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीले भनेको समयमा भनेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न पाएनन् ।

काठमाडौं । वालुवाटारमा पहिलोपटक अनौठो घटना घटेको छ । यसअघिका प्रधानमन्त्रीलाई समय नै नलिएर भेट्ने भारतीय नेतालाई योपटक ठुलै झट्का लाग्यो । त्यो पनि अरु कोहीबाट होइन,प्रधानमन्त्रीकै स्वकिय सचिव प्रकाश दहालबाट ।

भारतका समान्य नेता होइनन् एकजना ठुलै नेतालाई प्रकाशले प्रधानमन्त्रीलाई सिधै भेट्न इन्ट्री नै दिएनन् । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीले भनेको समयमा भनेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न पाएनन् ।

कोसियारीले गत मंगलबार प्रचण्डसँग भेट्न खोजेका थिए । कोसियारीका विश्वासपात्र एक नेपाली पत्रकारले प्रकाशलाई टेलिफोन गरी प्रधानमन्त्रीको समय मागेका थिए । तर, प्रकाशले कडा शैलीमा जवाफ फर्काए । प्रकाशले प्रधानमन्त्रीले भेट्नुहुन्छ, तर परराष्ट्र मन्त्रालयको आधिकारीक पत्रसहित आउनुस् भन्दै समय लिने पत्रकारको फोन कट गरे । तर पत्रकारले भने सिधै भेटाउन चाहे ।

कोसियारी नेपालप्रति सधैं सदभाव राख्ने र नेपालमा स्थायित्व होस् भन्ने पवित्र मनसायका नेता हुन्, उनलाई प्रधानमन्त्रीसँग भेट्न किन रोक्न खोजेको भन्द ती पत्रकारले प्रश्न गरेपछि प्रकाशले यो हाम्रो कुटनीतिक सिस्टम होभन्दै हप्काएको बताइएको छ । त्यसपछि कोसीयारीले नेपालस्थित भारतीय दूतावसले मिलाइदिएको समयमा बुधबार प्रधानमन्त्रीलाई भेटे । कोसियारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र र नेपाल विज्ञ हुन् ।  – हाम्रो दमक

Leave a Reply