Thursday , October 19 2017
Breaking News

केपी ओली अब नेपाली कांग्रेसको वरिष्ठ नेता ! सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई देशकै ठूलो दल नेपाली कांग्रेसको वरिष्ठ नेता बनाइएको छ ।

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसले चैत २७ गते कैलालीको अत्तरीयामा आयोजना गरिएको प्रदेश नम्बर ७ स्तरीय विशेष आमसभाको प्रचार प्रसार सामग्रीमा कांग्रेस जिल्ला शाखा कैलालीले रामचन्द्र पौडेलको ठाउँमा केपी ओलीको तस्वीर राखेर वरिष्ठ नेता बनाएको हो । यो सामग्री अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

पत्रिकामा प्रकाशित सूचनामा सभापतिमा शेरबहादुर देउवाको तस्वीर भनिएको छ, वरिष्ठ नेतामा रामचन्द्र पौडेल लेखेर केपी ओलीको तस्वीर राखिएको छ र महामन्त्री शशांक कोइरालाको तस्वीर अन्तिममा राखिएको छ ।

यस्तो सूचना बाहिर आएपछि कांग्रेस र एमालेका नेता कार्यकर्ता आश्चर्यमा परेका छन् । खासगरी एमाले कार्यकर्ताले यस्तो भ्रम नफैलाउन कांग्रेस र सूचना प्रकाशित गर्ने पत्रिकालाई आग्रह गरेका छन् ।

यता कांग्रेसकानिकट समर्थकले भने ‘नेकपा एमालेका अध्यक्ष केपी ओली नाम परिवर्तन गरेर काँग्रेसमा प्रबेश’ गरे भन्दै व्यग्ंय गरेका छन् ।

यो सूचनामा गल्ती कसको ? सम्बन्धीत निकायले गम्भीरतापूवर्क लिन जरुरी छ ।
source : नेपाल पाना

Leave a Reply