Monday , August 21 2017
Breaking News

शाहरुख खान भन्दा हिट थिईन् दिब्या भारती, १९ बर्षको उमेरमै उनको रहस्यमय मृत्यु भयो

दिब्या भारती कम उमेरमा बलिउडमा प्रबेश गरेर छिट्टै आफुलाई स्थापित गरेकी थिइन् । उनलाई आफ्नो फिल्ममा लिनको लागी निर्देशकहरु लाईन लाग्ने गर्थे।

१९९२ मा तिन हिट फिल्म दिएकी ५ अप्रिल १९९३ मा १९ बर्षको कलिलो उमेरमै उनको मृत्यु भयो ।

राती लगभग ११ बजेको समयमा मुम्बईको एक बिल्डिंगको पाँचौं तल्लामा रहेको अपार्टमेन्टको बाल्कोनी बाट भुईमा खसेर उनको मृत्यु भयो।

दिब्याको परिवारले बताए अनुसार-‘त्यसदिन उनले घरमा राती दश बजे फोन गरेर आफुँ साथीहरु सँगै केहि कामले फेशन डिजाइनरको घरमा रहेको बताएकी थिइन् ।केहि बेरमै घरमा फोन आयो- दिब्या घरको बाल्कोनी बाट लडिन् ।’

अभिनेत्री आयशा जुल्काले बताइन्-‘उनको मृत्युको खबर धेरै समय सम्म बिश्वास लागेन, एउटा अचम्म लाग्दो कुरा छ, दिब्यालाई हरेक कुरामा हतार हुन्थ्यो।’-‘दिब्या भन्थिन्,छिटो गर,छिटो हिड,जिन्दगी छोटो छ । उनले खुलस्त रुपमा केहि नभनेपनी उनलाई सायद यो कुरा थाहाँ थियो होला कि आफ्नो जिन्दगी छोटो छ।’

दिब्याले एकै बर्षमा तिन हिट फिल्ममा अभिनय गरिन्। बिश्वात्मा फिल्मको ‘सात समन्दर पार’ भन्ने गित हिट भयो । गोबिन्दा सँग ‘शोला और शबनम’ र शाहरुख खानको पहिलो फिल्म ‘दिवाना’। उनी शाहरुख खान भन्दा अगाडि बलिउडमा हिट भईसकेकी अभिनेत्री थिइन् ।

‘शोला और शबनम’ को फिल्मको सुटिंगताका दिब्याको भेट साजिद नाडियाडवाला सँग भयो र उनीहरुले चाँडै नै बिहे पनि गरे। तर यि दुई बिचको बिहेको जानकारी धेरै कम मानिसहरुलाई छ ।

दिब्या भारतीको एक बर्षको कामले उनलाई मानिसहरुले मृत्यु भएको पच्चीस बर्षपछि पनि सम्झिरहेका छन् ।

प्रकाशित मिति :चैत २३ बुधबार-२०७३

Leave a Reply