Tuesday , February 20 2018
Breaking News

बहुचर्चित नाटक जीगिषा स्कटल्याण्डको एडिनबरामा सफलतापूर्वक प्रदर्शनी ।।।

स्कटनेपाल ०६ अप्रिल २०१७ ; बहुचर्चित नाटक जीगिषा स्कटल्याण्डको एडिनबरामा सफलतापूर्वक प्रदर्शनी ।।। स्कटल्याण्डमा नाटककार सनम कुमार बैरागको लेखन तथा निर्देशन रहेको नाटक “जीगिषा”मा नेपालमा हुने गरेका र भइरहेका माहिला र पुरुषबीचको भेदभाव र जनायुद्धताका घटेका घटनालाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको नाटक जीगीषा बेलायतका विभिन्न स्थानहरुमा सफल प्रदर्शन गरिएअको छ भने नेपाली दूतावास लण्डनले आयोजना गरेको बेलायत नेपालबीचको दौत्य सम्बन्धको दुई सय वर्षको विशेष अवसरमा पनि प्रदर्शन गरिएको थियो । त्यस्तै प्रदर्शनीको क्रममा गत मार्च २७ तारिखका दिन स्कटल्यन्ड, एडिनबराको एसेमबली रोक्सि थ्रेटरमा अर्को सफल प्रदर्शन भएकोछ । त्याहाँ भएको शोलाई नेपाल स्कटल्यन्ड यूथ ग्रुपले आयोजना गरेको थियो भने प्रोग्राम कोडिनेटर विजय डंगोलले गरेका थिए । करिब दुई सय जनाको क्षमता भएको हलमा दर्शकहरू खचाखच भरिएका थिए । नेपालदेखि नै नाटकमा अभिरुची राख्दै आएका निर्देशक बैराग एक शसक्त लेखक तथा कलाकारका रुपमा परिचित छन् । नाटक जीगिषामा चलचित्र क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल नायक ध्रुब दत्त तथा नृत्य निर्देशक सुरेश श्रेष्ठ लगायत बेलायतमा बसेर मोडलको क्षेत्रमा समर्पित अनि नाटक समय दृश्यमा सफल अभिनय गरिसकेकी प्रसुना कंडेल, सन् २०१४ कि मिस टप फाइभ तथा मिस ट्यालेन्ट जित्न सफल शुस्मिता थापाको मुख्य भूमिका रहेको निर्देशक सनम कुमार बैरागले बताएका छन् । निकै लामो समयको मिहिनेत, परिश्रम र लगनशीलता कारण नाटक जीगीषा जीवन्त बन्न सफल रहेको र यसले दर्शकहरूको मन जित्न सफल हुने कुरामा आफू विश्वस्त रहेको निर्देशक बैरागले बताएका छन् । नाटक जीगिषासबै नेपालीहरुले एकपटक अवश्य हेर्ने पर्ने नाटकमा सहभागी कलाकारहरुले बताएका छन् । साथै स्कटल्याण्ड एडिनबराका कलाकार नाट्य गुरू चरन प्रधान दाई द्वारा नृत्य तथा गायक बिबस पाण्डे द्वारा गायन प्रस्तुत गरेका थिए। उनीहरुको जीवन्त तथा स्वभाविक अभिनयलाई स्कटल्याण्डका नेपालीहरुले अत्यन्त मन पराएको कुरा कार्यक्रम संयोजक बिजय डंगोलले बताएका छन् साथै यस कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने धन केसि, राजेन्द्र बाम, बिमल गिरी, गोबिन्द कंडेल, आनन्द गुरूङ, टिका लिम्बु, दिपक श्रेष्थ,जोन नकमि, भोला खनाल तथा भोलेन्टर साथिहरू अनि ग्ल्यास्कोका सम्पूण मित्रहरू, सागर खत्रि, दिलु गैरे तथा स्कटल्याण्डको एडिनबरामा पहिलो नेपाली कम्यूनिति भवन हिमालयन सेन्टर फर आर्टस एण्ड कल्चर निर्माणका लागि सहयोह गर्न हुने सम्पूर्ण स्कटल्याण्डका महानुभावहरूमा आभार ब्यक्त गर्दछ ।।।
स्कटल्याण्ड – बिजय डंगोल

Leave a Reply