Tuesday , February 20 2018
Breaking News

पूर्व राजाले बोलाएको भोजमा राष्ट्रपति सहभागी, प्रधानमन्त्री प्रचण्ड नजाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बोलाएको भोजमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी छिन् ।

नाती हृदयन्द्रको १७ गते निर्मल निवासमा व्रतबन्ध गरि शाहले आज पाहुनाहरुलाई सोल्टीमा भोज दिए पछि राष्ट्रपति विद्यादेवी भण्डारी भोजमा सहभागी भएकी हुन् ।

पूर्व श्री ५ महाराजाधिराज’ को हैसियतमा प्रस्तुत गरेका शाहको भोजमा २ हजार भन्दा बढी पाहुनाका लागि अर्डर भएको बताइएको छ ।

यस अघि राष्ट्रपति भण्डारीको छोरीको बिहेमा निम्ता दिएपछि पूर्व राजा ज्ञानेन्द्र शितल निवास गएका थिए । यसो त उक्त भोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भने सहभागी नुहने बताइएको छ । – osnepal

Leave a Reply