Friday , December 15 2017
Breaking News

बिरामीको उपचार गर्न बसेका स्वास्थ्यकर्मीहरु नै बिभिन्न संक्रमणको जोखिममा

कतिपय स्थितिमा बिरामीको उपचार गर्न बसेका स्वास्थ्यकर्मीहरु नै बिभिन्न संक्रमणको जोखिममा पर्ने गरेका छन् । जनस्वास्थ्य प्रयोगशालाका अनुसार इन्पÞmुल्युएञ्जा स्वाइनफ्ल्यु स्क्राब टाइफस् भाइरल रुखाखोकी जस्ता स्वास्थ्य समस्याहरुको परीक्षणको क्रममा ल्याबका स्वास्थ्यकर्मीहरु नै संक्रमणको शिकार बन्ने बन्ने जोखिम उच्च छ । सुन्दा अचम्म लाग्न सक्छ बिरामीको रगत ,खकार ,पिसाबको ल्याब टेस्ट गर्न बसेका स्वास्थ्यकर्मीहरु र ल्याब टेक्निसियनहरु आफै संक्रमणको जोखिममा परेर बिरामी पर्छन् । प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीहरु यस्ता बिभिन्न संक्रमणको जोखिममा पर्दै आएका छन् । अन्तर्राष्ट्रिय मुलुकहरुमा ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरुको स्वास्थ्यको बिशेष मध्यनजर गरेर ल्याबको डिजाइन र स्वास्थ्यकर्मीको सुरक्षाको हिसाबले व्यवस्थित ल्याब हुन्छ तर नेपालका ल्याबहरु स्वास्थ्यकर्मीकै लागि असुरक्षित छ । त्यसैले पनि ल्याबमा कार्यरत स्वस्थ्यकर्मीहरुको स्वास्थ्य जोखिममा देखिन्छ ।- News24Nepal

Leave a Reply

%d bloggers like this: