Tuesday , February 20 2018
Breaking News

पाँच लाख ‘टाउकाको मूल्य’ तोकेपछि मानुषीलाई अश्लील शब्द प्रयोग गर्नेले मागे माफी

२३ चैत्र
काठमाडौं । नयाँ शक्‍ति नेपालकी नेतृ हिसिला यमी र छोरी मानुषीलाई सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गर्नेहरु व्यक्तिले माफी मागेका छन् ।
फेसबुक प्रयोगकर्ता अमृत ओली,कृष्णबहादुर शाही र हिरालाल मगरले नेतृ यमीको ‘यो देश खारेज गर’ भन्ने अभिव्यक्‍तिलाई लिएर खोजीखोजी बलात्कार गर्ने स्टाटस लेखेका थिए ।
त्यसको केही समयपछि नयाँ शक्ति नेपाल पार्टीको कतारस्थित प्रवासी संगठनका संयोजक बिबि खरालले उनीहरुलाई कारवाही गर्ने घोषणा गर्दै कसैले उनीहरुको टाउका नयाँ शक्तिको कार्यालयमा ल्याए पाँच लाख पुरस्कार दिने घोषणा गरेका थिए ।
खरालको यो घोषणापछि अमृत अोलीले फेसबुकमै माफी मागेका छन् । अाफ्नो भनाईको अासय त्यस्तो नभएपनि शब्द चयनमा गल्ती भएको भन्दै माफी मागेका छन् । उनले अाफ्नो स्टाटसले नयाँ शक्तिका समर्थक र नेतृ यमीमा परेको चोटप्रति दुःखी भएको समेत बताएका छन् ।
हाल कतारमा रहेको ओलीले नेतृ यमीको अभिव्यक्ति दोहोरिए फेरि अालोचना गर्ने बताएका छन् ।

त्यस्तै नेतृ यमीमाथि अश्लील शब्द प्रयोग गर्ने हिरालाल मगरले पनि माफी मागेका छन् । उनले उदाहरण दिन खोज्दा गलत शब्द प्रयोग भएको स्वीकार गर्दै अागामी दिनमा त्यसो नहुने बताएका छन् ।
हाल मलेसियामा रहेका मगरले नयाँ शक्तिले राम्रो काम गरे समर्थन गर्ने भन्दै देशविरुद्ध अभिव्यक्ति नदिन नेतृ यमीलाई अाग्रह समेत गरेका छन् ।

नयाँ शक्तिका एक नेताका अनुसार अश्लील शब्द प्रयोग गर्ने उनीहरुको खोजी भइरहेको छ । ओली एमाले,मगर माओवादी केन्द्र र शाही राप्रपाका कार्यकर्ता हुन् ।
अनलाइन डबली

Leave a Reply