Tuesday , February 20 2018
Breaking News

बाबुलाई पहिरोले थिचेर मार्यो/ ‘म बाँचें भनेर पत्याउन सकेको छैन ।’ Muglin Narayangadh Accident

सल्यान घर भई लमजुङ सुन्दरबस्ती नगरपालिका ३ भोटेओडार बस्ने १५ वर्षीय मन्दिप रानालाई पहिरो खसेको करिब १० मिनेटपछि स्थानीय र यात्रुले सकुशल उद्धार गरे । उनी बुबासँग मोटरसाइकलमा पछाडि बसेका थिए । मोटरसाइकलसँगै उनका बुबा ४० वर्षीय रेशराज राना पहिरोमा पुरिए । उद्धारपछि मन्दिप बुबा खोज्न थाले । प्राथमिक उपचारपछि उनलाई भरतपुर ल्याइएको थियो । मन्दिप आफू बाँचेको विश्वासै गरिरहेका थिएनन् । ‘जाम परेकाले हामी बिस्तारै गुडिरहेका थियौं, एक्कासि पहिरो खस्यो’, मन्दिपले भने, ‘म बाँचें भनेर पत्याउन सकेको छैन ।’

Leave a Reply