Tuesday , August 22 2017
Breaking News

नेता सङ्ग सिधा कुरा एक रमाइलो लेख !!

आदरणीय दाजुभाइ तथा दिदिबहिनी हरु सिधा कुरा
नेता सङ्ग को यो कार्यक्रमा नेपाल भरी फ्री वाई-फाई मा सबै नेपाली हरु विश्व भरी इन्टरनेटबाट ल्यापटप /मोबाईल हेर्दै सामाजिक संजाल मा मस्त हुँदै नेता को भासण मा लाइक कमेन्ट मा रमाइलो गरिरहनु हुने सबै पाठक लाई
स्वागत तथा अभिवादन छ ।
आज हामी हाम्रो नेपाल को राजनीति का शक्तिशाली पार्टी हरु का
अध्यक्ष हरु सङ्ग सिधा सिधा कुरा गर्दैछौ

नमस्कार , सबै पार्टी का अध्यक्ष हरु मा
हामिले सोधेको सबै प्रश्न को सहि सहि उत्तर दिनु हुनेछ भन्ने
आसावादि छौ

(१) बर्तमन नेपाल को राजनिती कस्तो छ ? प्रचण्ड ज्यु बाट

हामी हरु को लागि त राम्रै थियोे र राम्रो छ
हामी हाम्रो गन्तव्य तिर अगाडी बढिरहेका छौ ।

हजुरहरु को गन्तव्य कहाँ हो ?

हामी सबै को गन्तव्य भनेको राजनीति मा लागेपछि कुर्सीमा पुग्नुपर्छ भन्ने हो

यति धेरै नेता हरु हुनुहुन्छ कर्याकर्ता पनि धेरै हुनुहुन्छ सबै लाई कुर्सी पुग्छ ?
हामी ठुलो ठुलो नाइके हरु ६०१ लाई सिंहदरबार मन्त्रालयले ९/९ महिना आलो पालो गरि कुर्ची पुर्याउछ साना तिना को लागि अब राज्य राज्य मा सिंहदरबार बन्दै छ कुर्चि को अधिकार अब गाउँ गाउँ मा छ भनेर नारा दिइएको छ साना तिना को लागि उतै तिर को सिंहदरबार हुन्छ
कोहि नगरपालिका को कुर्सी मा कोहि गाउँ पालिका को त कोहि वडा वडा को कुर्ची मा अब सबै सरकार थुप्रै छन हाम्रो गुण गान ( जिन्दावाद ) गाउदै हिड्ने हो भने सबैलाई एक एक कुर्ची हुनुपर्छ भन्ने हाम्रो नारा हो जनता को अधिकार अब गाउँ गाउँ मा अधिकार गाउँ को सिंहदरबार मा छ राम्रो लेखाइ पदाइ भएको र हाम्रो निर्देशनमा काम गर्नेछ भने ऊनीहरु को लागि पनि कुर्ची हुने छ सबै स्थानियतह मा सरकारी जागीरे
सरकारि कामकाज मिलाउने दलालले पनि राज्य /नगर /गाउँ /वडा पालीका मा रोजगार को अवसर पाउने छ ।
सङ्गिय गणतन्त्रनेपाल को सिंहदरबार को अधिकार गाउँ गाउँ मा खुसीले जनता रनभुल्ल मा छन् ।

गाउँपालिका र गाउँ बिकास समिति मा कामकाज मा के फरक छ हामी सबै जान्न उत्साहित छौ ?
४७ साल पछी हजुर हरु लालपुर्जा नागरिकता राहदानी सबै बनाउन गाबिस बाट जिबिस मा पुग्नुपर्ने थियो अब सबै काम गाउँ / नगर /वाडा पालिका मा हुन्छ यो सबै १७ हजार को बलिदान र २४ बर्ष को संघर्षबाट पाएको सफलता को कमाल हो हामीले जनताको अधिकार गाउँ ले सरकार बनायर खुसी दियौं …खुसी हुनुपर्छ अब जनता हरु यति ठुलो अधिकार पाउँदा अधिकार दियको बद्ला मा हामीलाई भोट दिनु होला ।… दिनुहुन्छ ?
…।
नेता ज्यु पहिले पनि गाबिस को काम जन्म/मृत्यु / बिवाहा दर्ता नागरिकता को सिफारिस आफ्नो घरजग्गा को कर
बृद्धभत्ता पाइयो सबै थियो नि कुनै ठुलो जिल्ला र जनसंख्या भएको थियोे भने जिबिस को काम पनि २ठाउ हुने गरेको थियो नेता ज्यु त्यो समय मा जनसंख्या को आधार मा जति राज्य को कर जम्मा हुने थियो त्यो हिसाबले सुबिधा दियको थियो जस्तो लाग्दैन हजुरहरु लाई आज जनसंख्या त त्रिबल छ बजार ठुलो छनी ?…..

…..अ …आ .. त्यो त सामन्ती …शासन ले दियको नियम हो ….अ उ अ … मेरो जवाफ को समय सकियो

(२)हजुर संघीयता गणतन्त्र स्थापना को जल्दो बल्दो बुद्धिजीवी मानिने ठुलो खुङ्खार नेता ज्यु
बर्तमन मा नयाँ शक्ति को ठुलो नेता ज्यु हजुर को बारे मा हामी लाई राजनिती को बारे मा केही जानकारी गराउनु हुन्छ कि?

नमस्कार छ सबै लाई मेरो बारे मा भन्नू पर्दा म ७ वाटा विषयको मालिक हु ममा धेरै दिमाग छ पुरानो शक्ति ले मलाई मेरो अध्यक्ष हुने अधिकार पूरा गर्न सकेन भने सबै को अधिकार पूरा गर्न सक्दैन जस्तो लाग्यो म नयाँ शक्तिशाली को अध्यक्ष हु मेरो नाम छ म अध्यक्ष बन्छु सबै लाई आफ्नो पार्टी को नेता बनाउने र चुनाब मा टिकट बेचेर करोडौं कमाउने सपना थियो सबै लाई मेरो तर्फबाट कुर्ची दिन्छु भन्दा सबै आउछन चुनाब आयो ल एक एक करोड निकल्नु मेयर को टिकत लिनु भन्दा सबै ले छाडिहिड्ने परबृती सुरु हुँदै छ हिजो
आफ्नै प्यारी ले पनि मैले झन यो कुरो कसैले थाहा पाउन हुदैन है हाम्रो योजना लाई भनेर बर्सौ देखि दिन दिनै भनेको हिजो आन्दोलन मा देश खारेज गर देश खारेज गर भनेर थुलो थुलो स्वर मा चिच्याउनु भयो चिन्ताजनक अवस्था मा छु आइमाई को रुद्रघण्टी हुँदैन भनेर बुवा ले भन्नू हुन्थ्यो म आधुनिक जमानाको स्वतन्त्र बिचार वाला … परे अब मालिक रिसाउनु हुनेछ किन कुरो फुस्काइस भनेर
मेरो मालिक हरु को बारे मा हजुर हरु सबै लाई थाहै होला आज भोलि मेरो चौकी भित्र आन्दोलन जारी छ
हजुर हरु जस्तो सिदा सादा जनता सानो गल्ती मा चौकी मा पर्नु भयो भने चौकी मा बोल्दापनी ठुलो ठुलो लौरो ले हान्छन म सङ्ग त डराउछ्न किन कि हिजो का दिन हरु मा मैले येस्ता चौकी त डुणुम्म डुणुम्म फुटाउ थे डन्ठे हरु धेरैलाई मार्ने मै हो हिजो को शक्तिसाली आज पनि नयाँशक्ति हो भनेर आजपनी थुर थुर हुन्छन् म आफैले बोलाएर मलाई लिन आउनु है आब मार्दिन मेरो नाम आज भोलि समाचार मा कम आउदा चौकी भित्र नयाँ शक्ति ले चौकी मा आन्दोलन गर्न सक्छ भनेर सबै लाई जानकरी होस धन्यवाद सबैलाइ येस्तो कुरो जुन पायो तै पत्रकार हरु लाइ भन्नू हुदैन यो कुरो ६/७ लाख तलब खाने /हमला गर्ने / जनता सङ्ग सिधा कुरा गर्ने तर नेता हरु सङ्ग सिधा कुरा नगर्ने पत्रकार हरु लाई के थाहा.. अन्त मा मेरो नयाँ शक्ति मा आउनु सबै ले कुर्ची लिनु होला कुर्सी विभिन्न पद मा खाली छ ।

येत्रो धेरैलाई कुर्सी दिन बजेटबारे पनि जानकारी गराउनु नेता ज्यु कहाँ बाट आउँछ बजेट ?

देशमा ठुलो ठुलो ब्यापारी हरु छन् वैदेशिक लगानी छ ठुला ठुला ठेकेदार हरु छन् सबै उनिहरु ले २५% कर दिन्छन् अरु ७५% हामीलाई आशिर्वाद छ्दैछ
बजारमा सुन को माग दैनिकी ३/४ किलो छ भन्दै समाचार आउदै जादै गर्छ हामीले राष्ट्रबैंक लाई २किलो मात्रै दिनु भनेर निर्देशन दिइएको छ दैनिकी ३/४किलो सुन बजार मा बेचबिखन गरिएको छ बजार बजार बाट आउछ
४०/५० लाख युवा युवती हरूलाई बिदेश पठाइएको छ उतैबाट आउँछ अब दैलो दैलो मा राहदानी दिनेबारे घोषणा गरिएको छ अरु ४०/५०लाख बिदेश तिर पठाउने योजना को बारेमा अरु देश हरु मा पहल हुदैछ अरु १०० वटा जति मेनपावर खोल्ने अनुमति पनि दिइएको छ बजेट आउँछ गणतन्त्र देश को लागि नेपाली युवा युवतिहरू को रेमिटेन्स ले ठुलो योगदान हुनेछ ।

नेता ज्यु सबै बिदेश गयपछि हजुर हरुलाइ भोट कस्ले दिने ?

भोट को लागि भनेर हामीले गणतन्त्र नेपाल को तर्फबाट अंगीकृत नागरिक हरु स्वागत गरि राखेको अवस्था छ हाम्रो भोटको विकल्प मा उनीहरुको को अधिकार छ।

यती धेरै पार्टी हरु हुनुहुन्छ सबैभन्दा राम्रो पार्टी कस्को हो ?

पार्टी हामी सबै को राम्रो हो (हाम्रो पार्टी राम्रो पार्टी )
जिन्दावाद जिन्दावाद भनेरै हामी सबै पार्टीको नारा हो।

हजुर हरुले धेरै बर्ष पहिले देखि अमेरिकी साम्राज्यवाद
र भारतीय बिस्तारवाद मुर्दावाद भन्ने नारा का साथ आन्दोलन गर्नुभएको थियो नि आखिर के हो यो
नारा, बोकेको आन्दोलन ?

हामीले यहि नारा ले गर्दा त सबै नेपाली जनता हरु हाम्रो साथ मा जिन्दावाद र मुर्दावाद मा लथालिङ्ग छन्
हामी सबै अमेरिकी र भारतीय बिस्तारवाद का जोताला हो
गोरु कार्यकर्ता हो र जनता खेताला हो मुख्य कुरो के छ
भनेनि हाम्रो नारा भन्ने सब्द येस्तो हो नारा मा सबै लाइ

नार्–नु— [नारा+नु] १. एक जोडा गोरु वा राँगाका काँधमा जुवा राखी जोताराले बाँधेर हल्लुडमा अल्झाई खेतबारी जोत्नका निम्ति उपयुक्त पार्नु । २. त्यसै गरी हिँडाउनका लागि बग्गीमा घोडा जोत्नु । ३. त्यसै गरी गाडामा ग्ाोरु वा राँगा मिलाउनु । ४. जम्मा पार्नु; जुटाउनु । हाम्रो सिद्धान्त हो ।

(३) हजुर को बारेमा पनि बताउनु हुने छ कि देउवा ज्यु ?
…ल… उ… अ मेरो बोली बुझ्न् जनता लाई गारो हुन्छ …उम…उ थापा जि बोल्न खोज्दै हुनु हुन्छ ।

नमस्कार थापा ज्यु आरामै हुनुहुन्छ हजुर को बारे मा केही भनी दिनुहुन्छ कि ?

नमस्ते सबैलाई स्वास्थ मन्त्री भएकोले बिमारी भयपनी आरामै छु भन्नू पर्दो रहेछ फेरि स्वास्थ मन्त्री नै बिरामी भो रे भन्छन ।
हजुर को नाम त आजभोली निकै चर्चामा छ्नी संसार मा धनी धनी सम्पन्नता भयका देशहरूले गर्न नसके को काम ठुलो ठुलो गाह्रो अप्रेसन फ्री गरि दिनु भाको छ हजुर को नाम खुब चलेको छ राम्रो काम गर्यो भनेर हजुर को मन्त्री पद झन्दै फुस्कियको थियो नि हजुर को ढाल बनेर जनता देखि नयाँ साझा नेता पनि हजुर को लागि बाटो सम्मा आउनु भएको थियोे हजुर मा पनि छ केही फ्री गर्ने तरिका ?

के गर्नु ९ भन्छन् कुर्ची मा बस्न पाउने तेस्को पनि भरोसा हुदैन के गर्ने के नगर्ने गर्दा गर्दै कैले जानुपर्छ
पहिलो चोटी ठुलो कुर्ची मा बसेको यो यो कुर्ची मा के जादु छ बोले को बोलै हुन्छ्न सबै मैले पनि अरु बाट सिकेको हाम्रो सरकार भन्दा अगाडि को सरकार ले पनि हावा बाट बिजुलि चुला चुला मा ग्यास को पाइप बागमती मा पानी जहाज अरु धेरै धेरै हुदाहुदै हाम्रो सरकार को नाइके ले गाउँ गाउँ मा वाई-फाई फ्री भन्न सक्नु भो टेलीफोन को तावर दिन सकेको छैनौ हामी ले
येस्तै हो ल धन्यवाद बोल्न पाएको मा हाम्रो काम बोल्ने हो ।

नमस्कार उपेन्द्र जि आरामै हुनु हुन्छ अनि हजुर हरु राजनीति को आन्दोलन अब सहमति कैले हुने हो जनता त धेरै मरेका छ्न कैले सम्म हुन्छ नेपाल मा आन्दोलन के माग को ?

हाम्रो राजनीति मा यस्तै हो उथलपुथल हुँदै गर्छ हाम्रो माग जैले मिल्छ उतिबेला सहमति हुन्छ हाम्रो मा पार्टी धेरै छ सबै लाई कुर्ची को ग्यारेन्टी हुनु पर्यो हामी लाइ सम्मान अधिकार दिनु पर्यो तब हुन्छ सहमति ।
हाम्रो मदेश मा आन्दोलन गर्द १००/१५० मारी सके अधिकार को नाम मा ।
कैले सम्म मार्नुहुन्छ त ? अब हुन्दुरास्ट्र को नाम मा २००/३०० मार्ने योजना हुदैछ हामी नेपाली नेता हरु को प्रभु( दिल्ली दरबार) लाई नेपाल हिन्दु रास्ट्र हुनै पर्यो भन्दै दवाब आको आइ छ अब तराइ मा १०० जना मर्दा पनि अधिकार पायन २/४ जनाले हिन्दुराज्य जिन्दावाद भन्दै मा दिनु मिल्दैन पहिले नेपाल धर्मनिरपेक्ष हो भन्दै बीउ रोपियो ती बिरुवा हरु धेरै भैसकेको छ तेसै मास्न मिल्दैन हामिहरु पनि रनभुल्ल मा छौ तेस कारण हामी जनता हरु मा मेरे पार्टी र तेरो पार्टी का पहाडी ले हामीलाई धोती बिहारी भैया भन्छ भैयाले नस्लवादी पहाडी हरु भन्दै एक आपसी मा जुदाउदै छौ
पहाडी को नेतृत्व ओलि ले गर्नु भाछ एताबात हामी सबै पार्टी का लागिएको ।
हाम्रो देश कुन हो ? नेपाल हो । संविधान बन्यो ? .. बन्यो । संविधान कस्को लागि ? सबै जनता को लागि। संविधान हरेक जात जाति को लागि अलग अलग हुन्छ ? ..

उपेन्द्र ज्यु जनता नमरी किन नेपाल को राजनिती सम्भव हुदैन ? आखिर यो आन्दोलन कैले सम्म हुन्छ बताइदिनुस न ?

नेपाल को राजनीतिक भनेको
नेपाल को अवस्था हेर्दा आज का दिन मा जनता हरु ले यो “राजनीति” भन्ने शब्द को सहि अर्थ येसरी बुझुन।?
रा=राक्षसहरु
ज=जनवार प्रबृती का
नि=नीति नै नभये का
ती=तिरस्कृत हुन चाहाने
ब्याक्ती हरु को समुह। हो
सुगुर ले मर्ने बेलामा आकाश देख्छ रे तेस्तै नेपाली जनता को दिमागमा जैले घाम लाग्छ उसैदिन आन्दोलन बन्दहुन्छ ।
उपेन्द्र ज्यु लाई साथै सबै नेता ज्यु हरु लाई यहा सम्म आएर आफ्नो अमुल्य समय दिनु भयो धन्यवाद !

यो लेख लेखको बिचार मात्र हो । यो लेक पढ्नेहरू सबै लाइ धेरै धेरै धन्यवाद छ यो लेख कस्तो लाग्यो ?
राम्रो /नराम्रो .. भने सेयर कमेन्ट गरिदिनु होला ।

बिपीन बस्याल : हाल साउदी अरेबिया
https://www.facebook.com/bipin.bashyal

Leave a Reply