Wednesday , October 18 2017
Breaking News

के साँच्चै हिसिला बेहोसमै भएर देश खारेज होस भन्ने नारा लगाएकी हुन् त ?- POWER NEWS

के साँच्चै हिसिला बेहोसमै भएर देश खारेज होस भन्ने नारा लगाएकी हुन् त ?- POWER NEWS

नयाँ शक्ति पार्टिको नेतृ पुर्बमन्त्री हिसीला यमीले नेपाल खारेज गर्नुपर्छ भन्दै नारा लगाएपछि त्यसले आम जनताहरुमा आक्रोश पैदा गरेको छ ।

एउटा पार्टिको जिम्मेवार नेतृले सार्बभौम देश बिरुद्द खुल्लमखुल्ला धावा बोलेको र देशै खारेज गर्नुपर्छ भन्दै नारा लगाएकोमा हिसीला यमीलाई तत्काल गिरफ्तार गरिनुपर्छ भन्दै उनको सामाजिक सन्जाल लगायत जताततै तिब्र बिरोध र उनीमाथी आक्रोश पोखिएको छ ।

यसै बिषयमा जानकारी दिन हिसिला यमीले एक पत्रकार सम्मेलनको आयोजना गरिन् । पत्रकार सम्मेलनमा उनले स्थानीय तह निर्बाचन एेन २०७३ को बिरोधमा चैत २० गते नयाँ शक्ति पार्टिले आयोजना गरेको आन्दोलनको क्रममा नेपाल प्रहरीले धरपक्कड गर्दा आफु अर्धमुर्छित जस्तै भएको र पछि सुरक्षाकर्मीले समातेर सुरक्षा भ्यानमा लैजादै गर्दा आबेग र अर्धचेत अबस्थामा भएको हँदा तिब्र आबेशमा चिच्चाउँदै नाराबाजी गर्न थाल्दा स्थानीय निर्बाचन ऐन खारेजी हुनुपर्छ भन्दा बेहोशीपुर्बक ‘नेपाल देश खारेज’ हुनुपर्छ भन्न पुगेको बताईन् ।

आफ्नो नेपाली भाषामा कम दख्खल,आन्दोलनको प्रेसर र आक्रोशमा आएर त्यस्तो  गलत नारा लगाएको भन्दै हिसिलाले माफि समेत मागिन् ।र अब आइन्दा बोल्दा विचार पुर्याएर बोल्ने भन्दै आफु सचेत रहने बताईन्।

हेरौं पत्रकार सम्मेलनको भिडियो  

Leave a Reply