Tuesday , February 20 2018
Breaking News

युएइ मा राष्टिय खेलाडीहरुका लागी सम्मान कार्यक्रम

निमकान्त पाण्डे ( बरदुबई ) ३ मार्च। नेपाली राष्टिय झण्डा बोकेर आएका प्रक्षिक तथा राष्टिय खेलाडीहरुका लागी युएइमा रहेको एभरेष्ट यूएइ नेपाल तेकेन्डो एन्ड कराते डो मार्शल अार्ट क्लब द्ववारा अायोजीत बरदुबई को एभरेष्ट हिमालय होटल मा स्वागत तथा सम्मान कार्यक्रम को आयोजना गरेको थियो ।
३१ मार्च देखी २ अप्रिल सम्म भएको वल्ड कराते फेडेरेसनले आयोजना गरेको पहिलो प्रमियर लींगको लागी नेपाली राष्टिय खेलाडीहरु युएइ आएका थिए। कार्यक्रमलाइ कल्बका प्रशिक्षक रबी शाहीले उपस्थित खेलाडीहरुको परिचय गराएका थिए । कोषाध्यक्ष परशुराम घिमिरेले स्वागत मन्तब्य राखेका थिए भने कल्बका उपाध्यक्ष प्रबत भण्डारी को अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका अध्यक्ष ले देशको गौरबको निम्ति नाम र सानलाई सदैब उच्व स्थानमा राख्ने खेलाडीहरुलाई समन्वय गरि स्वागत गर्न पाउदा चितवन समाज युएइ को अनुकरणीय कार्यलाई धन्यबाद प्रकट गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी सघं का अध्यक्ष समेत रहेका प्रशिक्षक दिपक श्रेष्ठ को रहोबरमा खेलाडीहरु विप्लब श्रेष्ठ,बिनोद महर्जन,उमेस मल्ल,लोकमान सिंह श्रेष्ठ लाई खादा ओढाइ स्वागत गरी मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा युएइमा रहेका नेपाली खेलाडीहरु, समाज सेबिहरु साथै चितवन समाज युएई का सदस्यहरुको उपस्थिति रहेको थियो।

Leave a Reply